+
+

रोसनसँग लगनगाँठो कसिन नायिका सुमिना घिमिरेले (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २५ गते १३:४५

नायिका सुमिना घिमिरेले सोमबारदेखि वैवाहिक जीवन सुरु गरेकी छिन् । काभ्रेका रोशन सापकोटासँग काठमाडौंको एक पार्टी प्यालेसमा उनले बिहे गरेकी हुन् ।

sumina-and-rosanरोशन पाइलट हुन् । सुमिना र रोशनको भेट एक गीतको म्यूजिक भिडियो छायांकनका क्रममा भएको थियो । त्यसपछि प्रेममा परेका दुबैले बिहे गर्ने निर्णय गरेका थिए । रोशनलाई पाउँदा सुमिना खुशी देखिएकी छन् ।

बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीको संख्या ज्यादै न्यून देखियो । कलाकार मुकेश आचार्य र कल्पना शाहीलाई बिहेमा देखिएको छ । बिहेमा दुबैतर्फका आफन्तको बाहुल्यता छ ।

sumina-bihe-with-rosan
विभिन्न समयमा स्क्यान्डलमा फस्दै आएकी सुमिनाले चलचित्र ‘माला’को डबिङ सकेर चलचित्र क्षेत्रबाट टाढा हुने निर्णय गरेकी थिइन् । सुमिनाले अभिनय गरेको चलचित्र ‘भिमदत्त’ अहिले प्रदर्शनमा छ भने ‘माला’ चैत ६ गतेबाट प्रदर्शनमा आउँदैछ ।
सुमिनाले विहेपछि चलचित्र क्षेत्रमा फर्कने वा नफर्कने केही निर्णय गरेकी छैनन् । चलचित्र ‘दुलही’मा राजेश हमालको दुलही बनेर चर्चामा आएकी सुमिनाले पाइलट रोशनसँग भने रियल लाइफमा नै बिहे गरिन् ।

सुमिनाले दुई दर्जन बढी चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका पछिल्ला केही चलचित्र उत्तेजक दृश्यका कारण विवाद र चर्चामा पनि थिए ।

sumina-rosan-bihe

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?