Comments Add Comment

पुष्प मेलामा १५ लाख बढीको कारोबार

Flower1२७ फागुन काठमाडौं । पाचौं पश्चिमाञ्चल क्षत्रीय पुष्प प्रदर्शनी एबं पुष्प ब्यापार मेलामा १५ लाख रुपैयाँभन्दा बढिको कारोबार भएको छ । ‘पोखराको प्रकृति र सुन्दरतामा शान, पुष्प ब्यबशाय प्रबर्द्धनमा बाताबरणीय पहिचान’ भन्ने मुख्य नाराका साथ  फागुन २२ गतेबाट सुरु भएको मेला २६ गते सकिएको छ ।

Flower3फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की शाखाको आयोजनामा सम्पन्न उक्त मेलामा २ वटा जानकारीमुलक स्टल सहित २८ वटा स्टल रहेका थिए । सभागृह हल पोखरामा सम्पन्न  सो मेलालाई  नेपाल सरकार कृषि बिकास मन्त्रालय प्रायोजन गरेको थियो । मेलामा अर्नमेन्टल प्लान्ट, कार्डिनल, सिजनल लगायतका बिभिन्न फूलहरु राखिएको थियो ।

Flower4मेलाको समापन पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाले गरे । उनले पोखरामा पुष्प प्रबर्द्धनका लागि संघ फ्यानसँग  हातेमालो गर्न सदैब तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment