Comments Add Comment

सम्पत्तिको अस्वभाविक मूल्यांकन रोक्नुपर्छ : गभर्नर

Youraj-khatiwada

२७ फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सम्पत्तिको अस्वभाविक मुल्यांकनले वित्तीय क्षेत्रमा जोखिम निम्त्याउने भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् ।

‘मुल्यांकनकर्ता (भ्यालुएटर) ले सम्पत्तिको बढी मुल्यांकन गर्ने गरेको पाइएको छ । यो वित्तीय क्षेत्रमा हुने ठगीको एउटा महत्वपूर्ण कारण हो’ नेसनल बैंकिङ इनस्टिच्यूट (एनबीआइ)ले बुधबार राजधानीमा गरेको वित्तीय अपराध (फाइनान्सियल फ्रड) विषायक अन्तक्रिया कार्यक्रममा गभर्नर खतिवडाले भने ।manamohan Sing

सम्पत्तिको बढी मुल्यांकन गर्ने प्रवृत्तिलाई तत्काल रोक्नुपर्ने खतिवडााले बताए । पछिल्लो समयमा अपराधहरु क्रमिक रुपमा बढ्दै गएको भन्दै समयमै सजग रहन सरोकारवालालाई सचेत गराए ।

‘तपाईहरुले अब आफ्नो सूचना प्रणाली, आन्तरिक नियन्त्रण तथा लेखा प्रणाली, मुल्यांकन प्रणालीलाई बलियो बनाउनु भयो भने मात्रै वित्तीय अवराध कम गर्न सकिन्छ ।’ खतिवडाले भने ।

उनले, यस सम्बन्धमा संस्था सञ्चालकहरु, व्यवस्थापन पक्ष, नियमक लगायत सम्बन्धित निकायहरु चनाखो हुनुपर्नेमा जोड दिए ।

एनबीआइका अध्यक्ष सशिन जोशीले भारतलगायत विश्वमा बढ्दै गैरहेको विभिन्न किसिमका आर्थिक अपराधहरु बारे प्रकाश पारेका थिए । संसारमा यस्ता अपराधहरु सबभन्दा बढी वित्तीय क्षेत्रहरुबाट नै हुने गरेको उदाहरण पनि प्रस्तुत गरेका थिए ।  वित्तीय अपराधलाई न्युनिकरण गर्न एनबीआइले बैंकिङ्ग क्षेत्रमा मात्र सीमित नभई देशका अन्य सम्बन्धित निकायहरुमा कार्यरत जनशक्तिलाई पनि आवश्यक तालिमको आयोजना गर्दै आएको जानकारी गराए ।

एनबीआइका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले देशमा बढ्दै गएको वित्तीय अपराधको अनुसन्धान कसरी सुरु गर्ने भन्ने विषय नै चुनौतिको रुपमा रहेको बताए । निकट भविष्यमा बैंकिङ्ग सर्टिफिकेशन कोर्श तथा सञ्चालकहरुको बैंकिङ्ग क्षेत्र सम्बन्धी तालीम कार्यक्रम शुरु गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा स्संगीत शुक्ला, थेरेसा करुणाकरण, सन्दिप मेहरा, शिरिष पाठकलगायत अन्तर्राष्ट्रिय विज्ञहरु र नेपाली विज्ञकारुपमा राष्ट्र बैंकका कामू कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, प्रहरीका डिआईजी हेमन्त मल्ल, बैंकर परशुरामकुँवर क्षेत्रीलगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment