+
+

गुम्बा भत्किँदा २५ लाख बराबरको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २८ गते १३:१३

२८ फागुन, डोल्पा । डोल्पा जिल्लाको त्रिपुराकोट गाविस–८ रसी गाउँमा रहेको रसी रुम्बे टुम्बे गुम्बा भत्किँदा २५ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

बौद्धमार्गीहरुको आस्थाको धरोहर यो गुम्बा पाँच दिनअघि परेको हिउँ र वर्षाका कारण विहीबार बिहान भत्केको शेरबहादुर बुढाले बताए ।

उक्त गुम्बामा पुराना बुद्धका मूर्ति र लाखौँ खर्च गरेर भित्तामा बनाइएका भित्ते चित्र, पूजा सामग्रीलगायत सबै सामान पुरिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायब उपरीक्षक रोमहर्ष सिलवालले जानकारी दिए ।

यो गुम्बा त्रिपुराकोट गाविसकै प्रमुख र पुरानो गुम्बा हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?