+
+

सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरुको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते ९:५३

६ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक सञ्चालनका सम्बन्धमा प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् । सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँगको बैठक बिहान साढे १० बजे आह्वान गरेका हुन् ।

प्रतिनिधि सभाको बैठक भने बिहान ११ बजे तय भएको छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

समिति गठन गर्न सत्तापक्ष र प्रतिपक्ष दलहरु सहमत भएका छन् । तर त्यसको कार्यादेश के हुने भन्ने टुंगो लागेको छैन ।

कार्यादेश टुंगो लगाउन कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ । सो कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?