+
+

बलात्कार घटनाविरुद्ध गाउँ गाउँमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २८ गते १५:३४

daman-1
२८ फागुन, काठमाडौ । बलात्कारका कारण बालिकाको मृत्यु भएको विरोधमा गाउँ गाउँबाट प्रदर्शन हुन थालेका छन् । बारा कलैयाकी ७ वर्षीया बालिका पूजा शाहको बलात्कारपछि काठमाडौको कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो ।
बलात्कारीलाई कारबाहीको माग गर्दै बाराबाट सुरु भएको आन्दोलन देशब्यापी रुपमा चर्किएको हो । बलात्कारीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै बाराका स्थानीयवासीले शवसहित प्रदर्शन जारी राखेका बेला राजधानी तथा राजधानीबाहिरका अन्य जिल्लाहरुमा पनि प्रदर्शन हुन थालेको छ । बुधवार एकीकृत माओवादीका शीर्ष नेताहरुकै अगुवाईमा राजधानीमा प्रदर्शन भएको थियो ।

daman-2
बाराकी बालिकाको बलात्कारपछि मृत्यु भएसँगै मकवानपुरमा शिक्षकबाट अर्को बलात्कारको घटना सार्वजनिक भएको छ । विद्यार्थी बलात्कृत गर्ने शिक्षकलाई हदैसम्मको कारबाहीको माग गर्दै मकवानपुरमा प्रदर्शन भएको छ ।

बिहीबार मकवानपुरको दामनमा महिला, बालबालिका तथा विद्यार्थीहरुले प्रदर्शन गरे । उनीहरुले बलात्कारी शिक्षकलाई फाँसी दिनुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?