+
+

एनसेलको घटायो डेटा शुल्क

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २८ गते १९:३२

२८ फागुन, काठमाडौं । एनसेलका पि्रपेड ग्राहकहरुले कुनै पनि प्याक नलिई डेटा प्रयोग गर्दा लाग्ने ‘पे एज यु गो’ शुल्क ५० प्रतिशतले घटाएको छ ।

Ncell-Towerनयाँ शुल्क अन्तर्गत ऐनसेलका प्रिपेड ग्राहकले अब प्याक विना डेटा चलाउँदा मात्र ३ रुपैयाँ प्रतिएमबी (कर बाहेक) लाग्नेछ । यस अघि ‘पे एज यु गो’ शुल्क ६ रुपैयाँ प्रतिएमबी (कर बाहेक) लाग्दै आएको थियो ।

नयाँ शुल्क यहि फागुन २८ गतेबाट लागु भएको कम्पनीले जनाएको छ । यससँगै ऐनसेलका प्रिपेड ग्राहकले अब कुनै पनि डेटा प्याकबीना पनि सुलभ दरमा उत्कृष्ट डेटाको अनुभव गर्न सक्नेछन् ।

आफ्ना ग्राहकलाई सुलभ दरमा उत्कृष्ट डेटाको अनुभव गराउने प्रतिबद्धता अनुरुप ‘पे एज यु गो’ शुल्क ५० प्रतिशतले घटाएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए ।

एनसेलले आफ्ना ग्राहकलाई सुलभ दरमा डेटा उपलब्ध गराउन विभिन्न भल्युममा दैनिक, साप्ताहिक तथा मासिक प्याक प्रदान गर्दै आएको छ । प्याक लिई डेटा प्रयोग गर्दा ग्राहकले ३० पैसा प्रतिएमबी (कर बाहेक) सम्मको दरमा डेटा प्रयोग गर्न सक्छन् ।

‘कतिपय ग्राहकले भने प्याक विना नै डेटा चलाउन रुचाउने हुनाले उनीहरुको सुलभताका लागि पे एज यु गो शुल्क घटाएका हौं, यसले हाम्रा प्रिपेड ग्राहकहरुको डेटामा थप पहुँच बढाउने विश्वास लिएका छौं’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?