Comments Add Comment

रक्त क्यान्सर पीडित कौशलाको उपचारमा आर्थिक अभाव

२९ फागुन, काठमाडौं । गजल, कथा र कविता विधामा कलम चलाउँदै आएकी कौशला लामिछानेको उपचारमा आर्थिक अभाव भएको छ । नुवाकोट खानीगाउँ ४ की लामिछाने रक्त क्यान्सरबाट पीडित छिन् ।

Kaushala-Lamichhaneउनको काठमाडौंको सिभिल अस्पतालमा उपचार भैरहेको छ । आर्थिक अवस्था कमजोर भएकाले परिवारका सदस्यहरुले पर्याप्त रकम खर्च गर्न सकेका छैनन् ।

साहित्यकारहरुले आर्थिक सहयोग जुटाउन कौशला लामिछाने उपचार सहयोग समिति गठन गरी बैंकमा खाता खोलेका छन् । ‘कौशलाको घरको आर्थिक अवस्था निक्कै नै कमजोर भएको र उपचारका लागि मोटो रकम खर्च हुने अस्पतालले जनाएको हुँदा अस्पतालमा भेला भएका केही साथीहरु मिलेर आर्थिक संकलन सुरु गरेका छौं,’ गजलकार पुरु लम्सालले भने ।

अध्ययनको सिलसिलामा हाल काठमाडौंको सामाखुसी बस्दै आएकी लामिछाने सिभिल अस्पतालको २५४ नम्बर कोठाको ८५ नम्बर बेडमा छिन् ।

उनको उपचारमा आर्थिक सहयोग गर्न चाहनेहरुले राष्ट्रिय वाणिज्य बैंकका जुनसुकै शाखाबाट च.हि. १७०००१८२२०१ खातामा रकम जम्मा गर्न सक्नेछन् ।

यसैगरी विदेशबाट रकम जम्मा गर्नका लागि swift code : RBBNPKA वा त्रिशुली वाङमय प्रतिष्ठानको खाता नं. ००९००९०१४५८ CA प्राइम बैंक सोह्रखुट्टे शाखामा पनि रकम जम्मा गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment