+
+

भाजुरत्नले मनायो स्वर्ण जयन्ती, ८९ जना सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २ गते १२:३५

काठमाण्डौ । ज्योती समूह अन्तरगतको भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्स लिमिटेडले आफ्नो ५० औं बर्षगाँठ मनाएको छ । नेपालमा कृषि यान्त्रिकरणको बिकास गरी ब्यवसायिक कृषिलाई सहज बनाउन भूमिका खेलिरहेको भाजुरत्नले बिभिन्न कार्यक्रम गरी आफ्नो स्वर्ण महोत्सव मनाएको हो ।

Bhajuratna-50-year-Annivers

  • भाजुरत्नको ५० औं बर्षगाँठको अवसरमा आयोजित सम्मान कार्यक्रम

यसै अवसरमा कम्पनीले आफ्नो मुख्यालय बीरगञ्जमा बिशेष कार्यक्रम आयोजना गरी ८९ जना महानुभावलाई सम्मान गरेको छ । कम्पनीका २८ जना ग्राहक, ४ जना बित्तिय संस्थाका प्रतिनिधि र ५७ जना कर्मचारीलाई सो अवसरमा सम्मान गरियो ।

३५ बर्ष वा सोभन्दा बढी अबिछिन्न सेवा गर्ने १९ जना कर्मचारी सम्मानित भएका छन् । यसैगरी उत्कृष्ट सेवा गर्ने ३७ जना र दीर्घकालीन उत्कृष्ट सेवा गर्ने एक जना कर्मचारीलाई सम्मान गरिएको हो ।

Bhajuratna-50-year-Nepaliभाजुरत्न इन्जिनियरिंग एण्ड सेल्स लिमिटेडले नेपालको कृषि, उद्योग, स्वास्थ्य लगायत क्षेत्रका लागि आवश्यक सामग्री, उपकरण तथा सेवा देशभरी उपलबध गराई नेपालको विकासमा योगदान गर्दै आएको छ ।  ५० बर्षअघि ४/५ जना कर्मचारीबाट सुरु भएको भाजुरत्नमा अहिले ३५० कर्मचारी कार्यरत छन् ।

बिशेष समारोहलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष पद्म ज्योतीले नेपालको चुनौतीपूर्ण राजनीतिक र आर्थिक दशकहरुमा व्यवसायहरु जन्माउनु र त्यो भन्दा पनि पचास वर्ष अटुट संचालन गरी बस्नु आफैमा ठूलो चुनौती रहेको स्मरण गरे ।

आफ्नै कम्पनीको आर्थिक वासलात नाफा नोक्सान मात्रै हेरेर काम गर्नु भन्दा आफूमा आश्रित कर्मचारी र तिनका परिवार तथा विश्वासमा कारोबार गरेका ग्राहकहरुलाई महत्व दिनुपर्ने ज्योतीले बताए । उनले बैंक र वित्तिय संस्थाहरु, समाजका हितैषीहरु, आफ्नो कार्यक्षेत्रका समुदाय आदिलाई पनि महत्व दिई काम गरेर भाजुरत्नले जिम्मेवार ब्यवसाय गरिरहेको ज्योतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?