Comments Add Comment

अपर तामाकोशीको निर्माण कार्य नरोक्न स्थानियको माग

Tamakoshi-Hydropower

५ चैत, काठमाडौं । दोलखा लामाबगरस्थित ४५६ मेगावट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य अवरुद्ध भएपछि स्थानियहरु आक्रोशित बनेका छन् ।

आयोजनाको ठेकेदार कम्पनीमा कार्यरत कर्मचारी तथा मजदुरहरुले आफुहरुलाई शेयर दिनुपर्ने माग गर्दै ६ दिनदेखि आयोजनाको निर्माण ठप्प पारेका छन् । शेयर माग गरेर राष्ट्रिय गौरवको आयोजना निर्माण अवरुद्ध गर्नु गलत काम भएको स्थानियहरुको ठहर छ ।

आयोजनाको काम लामो समय अवरुद्ध भएमा लागत बढ्ने तथा सर्वसाधारणलाई दीर्घकालिन असर पार्नेतर्फ पनि सचेत बन्न आग्रह गरेका छन् । चरम लोडसेडिङबाट आक्रान्त मुलुकलाई यो आयोजना सम्पन्न भएपछि धेरै राहत मिल्ने अपेक्षा गरिएको छ ।

आयोजनाको समस्या यथाशिघ्र वार्ताबाट समाधान गरी आयोजनाका काम सुचारु गर्न सम्बन्धीत पक्षलाई स्थानियहरुलाई आग्रह गरेका छन् । यदि लामो समय आयोजनाको काम अवरुद्ध भएमा आफुहरुको धैर्यताको बाँध टुट्ने र स्थानिय स्तरबाटै आवश्यक जस्तोसुकै कदम चल्न पछाडि नहट्ने उनीहरुले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment