Comments Add Comment

छात्रालाई गर्भवती बनाएको आरोपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पक्राउ

५ चैत, पोखरा । छात्रालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा कास्कीको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पक्राउ परेका छन् ।

लुम्ले गाविसका ६२ बर्षीय डिलबहादुर गुरुङ घर्तीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले विहीबार पक्रेको हो ।

उनी सिद्धसिंह माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन् ।

बिभिन्न प्रलोभनमा पारी १६ वर्षीया एक छात्रालाई उनले छ महिनादेखि जवर्जस्ती करणी गरेको र गर्भवती समेत बनाएको प्रहरीले जनाएको छ ।

अभियुक्तलाई जवर्जस्ती करणी मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment