+
+

पूर्व गोर्खा सैनिकले बेलायती दूतावास अगाडि विरोध प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ५ गते १३:५३

५ चैत, काठमाडौं । ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरुको सत्याग्रह संघर्ष समितिले कुटनीतिक वार्ताको माध्यमबाट गोर्खालीलाई ब्रिटिससरह समान पेन्सन तथा औषधि उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

आफ्ना मागबारे ध्यानाकर्षण गराउन यही चैत ९ गतेदेखि ११ गतेसम्म लाजिम्पाटस्थित बेलायती दूतावास अगाडि शान्तिपूर्ण सत्याग्रह गरी विरोध प्रदर्शन गर्ने जनाएको छ ।

विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक लालबहादुर घिसिङले ब्रिटिस सरकारले गरेको विभेदका कारण सेवा सुविधाबाट गोर्खालीहरु वञ्चित भएको बताए । नेपाल सरकारलाई पनि हालसम्ममा १० खर्ब रुपैयाँ बराबरको नोक्सान भएको भन्दै उनले समान पेन्सन र समान सेवा सुविधानको व्यवस्थाको लागि कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरे ।

ब्रिटिस गोर्खाका पूर्व मेजर एवम् समान कामका लागि समान ज्यालाका अभियन्ता ज्ञानराज राईले बेलायत सरकारले गरेको विभेदपूर्ण व्यवहारका कारण गोर्खालीले बेलायतमा बगाएको रगत तथा पसिनाको मूल्यको कदर हुन नसकेको बताए ।

गैरआवासीय नेपाली संघ वेलायतका उपाध्यक्ष सूर्य नेम्वाङले प्रजातन्त्र, मानव अधिकार र न्यायका लागि लोकप्रिय रहेको वेलायतले गोर्खालीलाई गरेको असमान व्यवहार विश्वका लागि लज्जास्पद भएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?