+
+

भोलि पोखरामा मिस नेवा छानिने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ६ गते १०:१५

Miss-Newa-Pokhara

पोखरा । मिस नेवाः पोखराको अन्तिम प्रतिस्पर्धा भोलि शनिबार हुने भएको छ । पोखरा सभागृहमा दिउँसो २ बजेदेखि हुने अन्तिम प्रतिष्पर्धामा १७ जना नेवार समुदायका युवतीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

नेवा खलः कास्कीको आयोजनामा हुन लागेको यो प्रतियोगीतामा पोखरा तेर्सापट्टीकी कृपा कतिला, मालेपाटनकी पुष्प्ाा श्रेष्ठ, नदीपुरकी मञ्जु ताम्राकार, बगालेटोलकी श्रीया श्रेष्ठ, न्यूरोडकी रिक्का मर्सानी, नदीपुरकी सुस्मिता प्रधान सहभागी भएका छन् ।

त्यस्तै नदीपुरकै स्वस्तिका श्रेष्ठ, लामाचौरकी निलिमा श्रेष्ठ, खाल्टेमसिनाकी आशा श्रेष्ठ, भिमसेनटोलकी सारा बजिमय, पृथ्बीचोककी सगुन जोशी सहभागी छन् ।

मोहोरिया टोलकी श्रीया बुद्धाचार्य, अर्चलबोटकी सुलोचना शाक्य, औद्योगिक क्षेत्रकी बिभुषा नकर्मी, फुलबारीकी पि्रंयका जोजिजु, लेखनाथ गगनगौडाकी नविना श्रेष्ठ र तनहुँ दुलेगौंडाकी कञ्चन श्रेष्ठ रहेका छन् ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । मूल आयोजक समितिका संयोजक विक्रम उदासले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदायको मौलिक संस्कृति, भाषा, भेषभुषा, कला, रहनसहन आदिको संरक्षण र सम्बर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रतिष्पर्धी नेवार सुन्दरीहरुलाई नेवारी मौलिक संस्कृति बारे जानकारी गराउने उद्धेश्यले बनेपा, पनौती तथा पाटनको साँस्कृतिक भ्रमण समेत गराईएको थियो ।

विजेताले ४० हजार, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगद सहित क्राउन, प्रमाणपत्र र आकर्षक उपहारहरु पाउने छन् । यसैगरि बेष्ट कम्प्लेक्शन, बेष्ट स्माइल, बेष्ट ट्यालेण्ट, बेष्ट पर्सनालिटी, बेष्ट फोटोजेनिक, बेष्ट भ्युअर च्वाइस टाइटलका साथमा जनही ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्रदान गरिने मूल आयोजक समितिका संयोजक विक्रम उदासले जानकारी दिए ।

-सन्देश श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?