+
+

नेपालगञ्ज बसपार्कमा देखियो दारुण दृश्य !

६ चैत, नेपालगञ्ज । नेताहरुलाई उपचारका लागि सरकारी ढुकुटीबाट करोडौं खर्च गरेर विदेश पठाइन्छ । तर, जनताको अवस्था कस्तो होला ? नेपालगञ्ज बसपार्कमा शुक्रबार एउटा हृदयविदारक दृश्य देखियो ।
नेपालगञ्ज बसपार्कमा शुक्रबार एक दम्पत्ति घरेलु स्टे्रचरमा आफ्नो बिरामी छोरो बोकेर आइपुगे । उनीहरु अस्पताल गइरहेका थिएनन्, अस्पतालबाट जाजरकोटतिर जाने प्रयास गरिरहेका थिए । तर, उनीहरुको गोजीमा गाडी भाडाका लागि एक रुपैयाँ दाम थिएन ।

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ६ गते १२:५७

आरपी सुवेदी

६ चैत, नेपालगञ्ज । नेताहरुलाई उपचारका लागि सरकारी ढुकुटीबाट करोडौं खर्च गरेर विदेश पठाइन्छ । तर, जनताको अवस्था कस्तो होला ? नेपालगञ्ज बसपार्कमा शुक्रबार एउटा हृदयविदारक दृश्य देखियो ।

Rupendra-rana

नेपालगञ्ज बसपार्कमा शुक्रबार एक दम्पत्ति आफ्नो बिरामी छोरो बोकेर आइपुगे । उनीहरु अस्पताल गइरहेका थिएनन्, अस्पतालबाट जाजरकोटतिर जाने प्रयास गरिरहेका थिए । तर, उनीहरुको गोजीमा गाडी भाडाका लागि एक रुपैयाँ दाम थिएन ।

फागुन २९ गते घाँस काट्दै गर्दा भीरबाट खसेर गम्भीर घाइते भएका जाजरकोट खलंगा-८ मैदेका १२ वषर्ीय रुपेन्द्र राना र उनका आमा बुबाको कथा हो यो ।

छोराको उपचारका लागि पैसा नभएपछि उनलाई बेहोसी अवस्थामै अस्पतालबाट बाहिर निकालेर उनीहरु जाजरकोट फर्कन लागेका थिए ।

भीरबाट खस्दा रुपेन्द्रको टाउकामा गम्भीर चोट लागेको छ । घाइते अवस्थामा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ल्याइएका वालकको थप उपचारका लागि पैसा नभएको भन्दै शुक्रबार अस्पतालबाट आमाबुबाले उनलाई बाहिर निकालेका हुन् ।

बेहोसी अवस्थामै अस्पतालबाट निकालेर उनलाई नेपालगञ्ज बसपार्क पुर्‍याइयो ।

नेपाली जनता दयाका खानी हुन्

गरीब दम्पत्तिको पीडामा राज्यले मल्हम नलगाएर के भो, नेपाली जनता एक अर्काप्रति सहयोगी छन् भन्ने पुष्टि भयो । र, बिरामी बालकले बेहोसी अवस्थामै घर फर्कनु परेन ।

‘करिव दुई बजेतिर निराश मुद्रामा बिरामी बच्चा लिएर जाजरकोट जाने बस खोज्दै आएका थिए, सोधखोज गर्दा सिरियस बिरामी बच्चा देखेपछि हारगुहार गरेर अलिअलि पैसा जम्मा गरी अस्पताल पठाउने मेलोमेसो मिलायौं,’ नेपालगञ्ज बसपार्कमा भेरी बस समितिका कर्मचारी लक्ष्मण केसीले अनलाइनखबरसँग भने ।

केसीकै पहलमा बसपार्कबाट रुपेन्द्रको उपचारका लागि ७ हजार रुपैयाँ तत्काल उठाइयो । त्यसपछि केसीले पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीलाई खबर गरे । बिरामीलाई प्रहरीको सहयोगमा पुनः अस्पताल पठाइयो ।

नेपालगञ्ज बसपार्कमा सहयोगको याचना गरेका बिरामी रुपेन्द्रका बुवा हरजीत रानाले आफूसँग जाजरकोट जानका लागि आवश्यक पर्ने गाडी भाडासमेत नभएको बताए ।

हरजीतले भने-‘अलिअलि ल्याएको पैसा ६-७ दिन औषधी गर्दैमा सकियो, पैसा सकिएपछि जे हुन्छ, घरमै निको होला भनेर बसपार्कसम्म आयौं । तर, यहाँ सबैले दया गरेर मेरो छोराको पुनः उपचारका लागि पहल गरिदिनुभयो ।’

हरजीतले उपचारका लागि सहयोग गरी छोरालाई बचाइदिन सबैसँग आग्रह गरेका छन् ।

प्रजिअको पहल

बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकको विशेष पहलमा वडा प्रहरी कार्यालय बाँकेका इञ्चार्ज हेमबहादुर शाहीले विरामी रुपेन्द्रलाई बसपार्कबाट पुन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पुर्‍याई उपचारको लागि भर्ना गराएका छन् ।

‘अस्पताल प्रशासनलाई बिरामी रुपेन्द्रको उपचारको व्यवस्था गरिदिनका लागि आग्रह गरेपछि तत्काल अस्पतालले बिरामीलाई पुनःभर्ना लिएर उपचार सुरु गरेको छ’- बाँकेका प्रजिअ लेखकले भने ।

हाल रुपेन्द्रलाई आइसियुको बेड नं २३५ मा भर्ना गरी उपचार भइरहेको छ । उनलाई सो अस्पतालका न्यूरो सर्जन डा. राजिव झाले हेर्दै आएका छन् ।

राज्यले भ्रष्टाचार नगरेको भए, अनि नेताको उपचारका पैसाको खोलो बगाउनुको साटो जाजरकोटमै उपचारको सुविधा भैदिएको भए हरजीतको दम्पत्ति यसरी नेपालगञ्ज झरेर रुनुपर्ने थिएन कि ? धन्य हो हाम्रो देशको लोकतन्त्र !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?