Comments Add Comment

बैंकमा जागिर खाने रहर छ ? तयारी थाल्नुस् , प्रत्येक वर्ष तीन सयले जागिर पाउँदैछन्

८ चैत, काठमाडौ । सरकारी स्वामित्वको बैंकमा जागिर खाने रहर छ ? छ भने तयारी थाल्नुहोस् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले अबको तीन वर्षसम्म हरेक वर्ष तीन सय जनाभन्दा बढी नयाँ कर्मचारी भर्ना गर्दैछ ।
Rastriya-Banijya-Bank
बैंकले १२ कक्षा र स्नाकोत्तर पास गरेका ब्यक्ति थप गर्दैछ । आगामी वैशाखसम्ममै १ सय ४८ जनाका लागि जागिर खुल्ने भएको राजधानी दैनिकमा खबर छ । नयाँ खुल्न लागेको जागिरमा १२ कक्षा उतीर्ण गरेकाले प्रतिष्पर्धा गर्न पाउने सहायक स्तरका लागि ७३ जना र स्नाकोत्तर पास गरेका ब्यक्तिले प्रतिष्पर्धा गर्न पाउने अधिकृत स्तरमा ७५ जनाले अवसर पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए ।

बैंकले सहायक कर्मचारीलाई जिल्लास्तरमा र अधिकृतलाई क्षेत्रीयस्तरमा भर्ना गर्ने योजना बनाएको छ । बैंकले क्षेत्रीयस्तरमा परीक्षा सञ्चालन गरेर कर्मचारी भर्ना गर्ने योजना बनाएको छ । यस्तो परीक्षामा सहायक र अधिकृत दवै स्तरका कर्मचारी सहभागी हुन पाउनेछन् ।

बैंकले जिल्ला शाखा तोकेर कर्मचारी माग्ने र जुन जिल्लाको शाखाका लागि आवेदन दिएको छ, सो जिल्लाको शाखामा अनिवार्य रुपमा सात वर्ष काम गर्नैपर्ने नियम बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment