Comments Add Comment

लोकसेवा आयोगका सातै पदाधिकारीको नाम संसदीय समितिद्वारा अनुमोदन

८ चैत, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले लोकसेवा आयोगका प्रमुख आयुक्त उमेश मैनालीसहित सात पदाधिकारीको नाम अनुमोदन गरेको छ ।

सुनुवाइपछि समितिको आइतबारको बैठकले सबै नाम अनुमोदन भएको हो । मैनालीसहित ६ जनाको नाम सर्वसम्मतले अनुमोदन भएको छ भने कृष्णचन्द्र झाको नाम बहुमतले अनुमोदन भएको छ ।

प्रमुख आयुक्त मैनालीसँगै सदस्यहरु वृन्दा हाडा, गोविन्द कुसुम, अशोकककुमार झा, श्रीपुरुष ढकाल र ब्रम्हदेव रायको नाम सार्वसम्मतले अनुमोदन भएको छ ।

झाको नाममा एमाओवादी प्रमुख सतेचक गिरिराजमणि पोखरेल र समाजवादीका प्रेमबहादुर सिंहले असहमति जनाएका छन् ।

संसदीय समितिको अनुमोदनपछि अब नियुक्तिको बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment