+
+

चिनियाँ राष्ट्रपति र प्रचण्डबीच भेट नहुने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ९ गते १८:४९

prachanda

९ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधान निर्माणमा चीन र भारतको सकारात्मक भूमिका अपेक्षित भएको बताएका छन् ।

चारदिने चीन भ्रमणमा जानुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले नेपाली राजनीतिको गाँठो नेपाली नै फुकाउने बताए ।

‘शान्ति प्रक्रिया र संविधान निर्माणमा दुबै छिमेकीको सहयोग अपेक्षित छ र त्यो जुटाउने हाम्रै दायित्व हो’ उनले भने-‘तर, नेपालको संक्रमणकालको गाँठो फुकाउने नेपाली राजनीतिक दल र जनताले नै हो । खाली उनीहरुको सदभाव र सहयोग जुटाउनु पनि हाम्रो कर्तव्यभित्रै पर्छ ।’

भिडियो हेर्नुस् 

प्रचण्ड चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागको निमन्त्रणामा पार्टी महासचिव कृष्णबहादुर महरालाई लिएर चीनको कुन्मिङ गएका हुन् ।

चिनियाँ राष्ट्रपतिसँग पनि भेट नहुने

भ्रमणका क्रममा कुनै सरकारी भेटघाटको कार्यक्रम नरहेको र चिनियाँ राष्ट्रपतिसँग पनि भेट नहुने एमाओवादी अध्यक्ष प्रचण्डले बताए । चिनियाँ नेताहरुसँगको भेटमा दुई देश र पार्टीको सम्वन्ध सुधारका साथै नेपालको वर्तमान राजनीतिक परिस्थितिबारे पनि छलफल हुने उनले बताए ।

उनले भने-‘हामीले यताको यथार्थ स्थिति जानकारी गराउने कुरा हुन्छ । उहाँहरुको केही सुझाव भए त्यो सुझाव हामीलाई सही लाग्यो भने लिने कुरा हुन्छ, गलत लाग्यो भने नलिने कुरा हुन्छ ।’

एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमाले नेतृत्वले एकचोटि बल गर्ने हो भने संघीयतामा पनि सहमति जुट्ने दाबी गरे ।

संघीयतामा कांग्रेस र एमाले लचिलो होस् भनेर नै आफूहरुले शासकीय स्वरुपमा फरक मत राख्न जान तयार भएको भन्दै उनले भने-‘अहिले पनि सहमति धेरै टाढा हुँदै होइन भन्ने लाग्छ र सहमति हुनैपर्छ ।’

भट्टरार्इको भारत भ्रमणसँग कुनै सम्वन्ध छैन 

एमाओवादी अध्यक्ष प्रचण्डले यसअघि डा. बाबुराम भट्टराईले गरेको भारत भ्रमण र आफ्नो चीन भ्रमणवीच कुनै सम्वन्ध नरहेको बताए ।

आफूलाई निम्तो आएको भए पनि खुलामञ्चको सभा भएकाले आफू भारत जान नपाएकाले डा. भट्टराई र महरालाई पठाएको प्रचण्डले बताए । उनले भने-‘संयोग परेको मात्र हो, त्योभित्र कुनै अर्थ छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?