काठमाडौं । युरोपको चर्चित रेसिङ बाइक अप्रिलीया नेपाली बजारमा भित्रिएको छ । अप्रिलीया ब्रान्डको एसटिएक्स रोड र इटिएक्स इन्ड्यूरो गरी दुईवटा मोडल नेपाल ल्याइएको हो ।
नेपालमा अप्रिलीया बाइक जेएनजे इन्टरनेशनलले पहिलो पटक बिक्री वितरण सुरु गरेको हो । दुबै मोडल १५० सीसी इञ्जिन क्षमताका हुन् ।
एसटिएक्स रोड पक्की सडकका लागि उत्कृष्ट रहेको छ भने इटिएक्स इन्ड्यूरो जस्तो सुकै बाटोमा पसनि सजिलै कुदाउन सकिने छ
तत्कालका लागि एसटिएक्स रोडको सुरुवाती मूल्य २ लाख ९० हजार रुपैयाँ र इटिएक्स इन्ड्यूरोको ३ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।
अपि्रलीया बाइक सबै उमेर समूहका लागि उपयुक्त हुने दाबी कम्पनीको छ । विश्वप्रसिद्ध ब्राण्ड भएको हुँदा नेपाली उपभोक्ताले रुचाउने कम्पनीका प्रबन्ध निर्देशक जितेन्द्रमान श्रेष्ठले विश्वास व्यक्त गरे ।
अप्रिलीया बाइकले हालसम्म मोटरसाइकल रेसिङ विश्व च्याम्पिसयनसीपमा ५४ वटा मेडल जितिसकेको छ । अप्रिलीया सन् १९०५ देखि पिआजीयो गु्रपले उत्पादन गर्दै आएको छ ।
निकट भविष्यमा नेपाली उपभोक्ताको माग र चाहनालाई ध्यानमा राख्दै अप्रिलीया ब्राण्डका अन्य मोडलहरु पनि बजारमा ल्याउने श्रेष्ठले बताए ।
प्रतिक्रिया 4