Comments Add Comment

प्रेमीलाई नीताले सार्वजनिक कार्यक्रममा नछाड्ने

aamesh and nita
नायिका नीता ढुंगाना र उनका प्रेमी आमेष भण्डारीको प्रेम कसिलो बनेको छ । दुई जनाको प्रेमले मिडियादेखि सर्वत्र चर्चा पनि पाएको छ । नीता पनि आमेषको साथले दंग छिन् ।

आमेषलाई लिएर नीता सार्वजनिक कार्यक्रममा देखिन थालेको लामै समय भैसकेको छ । यो क्रम रोकिनेवाला छैन ।
नीताले आफूलाई आमेषले जिवन नै ठान्ने हुँदा सार्वजनिक कार्यक्रममा एकसाथ जादा सकारात्मक सन्देश जाने बताएकी छिन् । आफूले माया गर्ने मानिस पाएकाले पनि उसँग एकसाथ पुग्दा राम्रो हुने वुझाई नीताको छ ।

विगत ३ बर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र आमेषको तस्बिर पनि फेसबुकमा खुबै देखिन्छ । नीता अभिनत चलचित्र ‘भुल भूलैया’को पि्रमियरमा त आमेष परिवारको साथमा नै पुगेका थिए ।

नीताले अब आयोजना हुने सार्वजनिक कार्यक्रममा पनि एक्लै नपुग्ने बताएकी हुन् । उनले प्रेमीको साथले आफूलाई झनै चलचित्रमा काम गर्न जोश थपेको बताएकी छिन् । अहिले नेपाली चलचित्रका केही जोडी सार्वजनिक कार्यक्रममा एकसाथ पुग्न थालेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment