१३ चैत, काठमाडौं । अष्ट्रेलियन इलेक्ट्रिक स्कुटर ‘भी मोटो’ नेपाली बजारमा बिक्री सुरु भएको छ ।
युरोपियन डिजाइन र जर्मन इन्जिनियरिङयुक्त यो स्कुटर एशिया र युरोपका झण्डै २७ देशमा बिक्री वितरण हुँदै आएको लोकप्रिय ब्राण्ड हो ।
नेपालका लागि आधिकारिक बिक्रेता अष्ट अटोले पहिलो चरणमा बिभिन्न चारवटा मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ ।
पर्यावरणमैत्री यी स्कुटर बिजुलीबाट चल्ने हुँदा निकै कफियाती हुने र पावरफूल हुने बताइएको छ । मूल्य पनि पेट्रोल इन्जिनयुक्त स्कुटरकै हाराहारीमा रहेको बताइएको छ ।
सुबिधाहरू
स्टाइलिस डिजाइनमा रहेका यी स्कुटरमा डिस्क ब्रेक, ट्युवलेस टायर, मेन्टिनेन्स गर्नु नपर्ने लिड एसिड ब्याट्री लागयतका सुबिधा छन् ।
भी-९० एस र भीएक्स-९० एस दुई हजार वाट ब्याट्री क्षमताका छन् । भी-५ मोडल ८ सय वाट र ‘बी’ मोडल ५ सय वाट क्षमताको ब्याट्रीयुक्त छन् ।
अघिल्ला दुई मोडल ६५ किलोमिटर प्रतिघण्टाका दरले कुद्न सक्छन् भने एकपटक चार्ज गरेपछि ९० किलोमिटरसम्मलाई पुग्छ ।
भी-५ ५२ किलोमिटर प्रतिघण्टा कुद्छ भने एकपटक चार्ज गरेपछि ६० किलोमिटरसम्म ब्याट्री पुग्छ । बी मोडल ४० किलोमिटर प्रतिघण्टाका दरले कुदछ भने एकपटक चार्ज गरेपछि ६० किलोमिटरसम्मको चिन्ता लिनु पर्दैन् ।
स्कुटर मोटर, चार्जर र कन्ट्रोलरमा दुई बर्षको वारेन्टी छ भने ब्याट्रीमा एक बर्षको ।
यी चार मोडलमध्ये सवैभन्दा सस्तो बी मोडल छ जसको मूल्य १ लाख २४ हजार रुपैयाँ पर्छ । यस्तै भी-५ को मूल्य १ लाख ४६ हजार, भी-९० एस र भीएक्स-९०एसको मूल्य २ लाख २५ हजार रहेको छ ।
यसैगरि बिभिन्न सामान ढुवानी कम्पनीलाई लक्षित गरी बनाइएका ‘डेलीभरी स्कुटर’, तीन पाङ्ग्रे स्कुटर र चारपाङ्ग्रे इलेक्ट्रिक सवारी पनि छिटै नेपालमा बिक्रि सुरु गरिने नेपालका लागि आधिकारिक बिक्रेता अष्ट अटोले जनाएको छ ।
प्रतिक्रिया 4