+
+
Shares

जनमत पार्टीको दोस्रो महाधिवेशन सुरु, अध्यक्षमा सीके राउतको एकल उम्मेदवारी

अध्यक्ष पदमा डा. चन्द्रकान्त (सीके) राउतको मात्रै उम्मेदवारी परेको छ । तर, अन्य पदमा भने प्रतिस्पर्धा हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते २१:३५

१७ असोज, काठमाडौं । जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि वीरगञ्जमा सुरु भएको छ ।

महाधिवेशनले नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गर्ने तयारी छ ।

अध्यक्ष पदमा डा. चन्द्रकान्त (सीके) राउतको मात्रै उम्मेदवारी परेको छ । तर, अन्य पदमा भने प्रतिस्पर्धा हुनेछ ।

विभिन्न पदमा कुल १०३ जनाले उम्मेदवारी दिएका छन् ।

सात उपाध्यक्षका लागि १४ जना, महासचिवमा तीन जना, उपमहासचिवमा दुई जना र सात सचिव पदका लागि १० जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, केन्द्रीय कार्यकारिणी समिति सदस्य पदका लागि ७३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?