+
+
Shares

जनमत पार्टीले ४० मुनिका युवालाई जोड्न ‘५०१ हिरोज् हन्ट’ कार्यक्रम ल्याउने

यो कार्यक्रमअन्तर्गत राजनैतिक, प्रशासनिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, उद्योग, व्यापार, खेलकुद लगायतका क्षेत्रमा विशिष्ठ योगदान दिइरहेका ४० वर्ष मुनिका युवाहरूलाई जोडिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १५:३५

८ असार, काठमाडौं । जनमत पार्टीले पार्टी भित्र ४० वर्ष मुनिका युवाहरू जोड्नका लागि ‘५०१ हिरोज् हन्ट’ कार्यक्रम ल्याउने भएको छ ।

२०७९ सालको चुनावमा मधेशको वैकल्पिक शक्तिको रूपमा उदाएको जनमत पार्टी २०८२ को चुनावमा संघीय संसद्मा शून्यमा झरेपछि पार्टीभित्र पुनर्जागरणका लागि यो अभियानमुलक कार्यक्रम चलाउन लागेको हो ।

जनमत पार्टीको केन्द्रीय सचिवालयको आजको बैठकले युवाकेन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले जानकारी दिए ।

यो कार्यक्रमअन्तर्गत राजनैतिक, प्रशासनिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, उद्योग, व्यापार, खेलकुद लगायतका क्षेत्रमा विशिष्ठ योगदान दिइरहेका ४० वर्ष मुनिका युवाहरूलाई जोडिने छ ।

त्यसका लागि समाजसेवी, अभियन्ता, अधिकारकर्मी, कलाकार, खेलाडी, बुद्धिजीवी, लेखक, साहित्यकार, पत्रकार, सञ्चारकर्मी, चिकित्सक, इन्जिनियर, वकील, व्यवसायी, उद्योगी, उद्यमी, वैज्ञानिक, अनुसन्धानकर्ता, युवा नेता सहितका पेशाकर्मीलाईको ‘५०१ हिरोज्’ को रूपमा सम्मानित गर्ने र पार्टीलाई नवरुपान्तरण गर्नका लागि जिम्मेवारी दिने महासचिव सिंहद्वारा जारी विज्ञप्तिमा छ ।

ईच्छुक व्यक्ति स्वयं वा अरुले पार्टीको वेबसाइटमा गएर सम्भावित व्यक्तिहरूलाई मनोनीत गर्नसक्ने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?