+
+
Shares

जनमत पार्टीले दोस्रो महाधिवेशन असोज दोस्रो साता गर्ने  

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो महाधिवेशन आगामी महिना असोजमा गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १५:३९

८ भदौ, काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो महाधिवेशन आगामी महिना असोजमा गर्ने भएको छ । असोज ९ र १० गते दोस्रो महाधिवेशन हुने भएको छ ।

सोमबार बसेको सचिवालय बैठकले भदौ २१ गतेसम्म वडा तथा पालिका गरिसक्ने कार्यतालिका बनाइएको छ ।

यस्तै, भदौ मसान्तसम्म कायम रहेका सबै सदस्यको क्रियाशील सदस्यता कायम गर्ने निर्णय गरिएको छ । निश्चित रकम बुझाएर सदस्यता नवीकरण भएकाहरूबाट मात्रै महाधिवेशन प्रतिनिधि बन्न र उम्मेदवार हुनसक्ने भएकाले शुल्क बुझाएर नवीकरण गर्न पार्टी कार्यकर्तालाई आग्रह गरिएको छ ।

महाधिवेशनबारे थप निर्णय गर्न भदौ २२ गतेका लागि सचिवालयको बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?