Comments Add Comment

नुवाकोटको बट्टारबाट दिउँसै ४ लाख लुटियो

१७ चैत, विदुर । नुवाकोटको बट्टार बजारबाट एक व्यक्तिको साथबाट दिउँसै ४ लाख रुपैयाँ लुटिएको छ । रसुवाको डाडागाउँ ७ का हर्कबहादुर लामाको साथबाट रकम लुटिएको हो ।

NB-Bank

नेपाल बंगलादेश बैंकबाट रकम झिकेर बाहिरिएलगत्तै अज्ञात व्यक्तिले फकाएर केहीपर लगेर रकम लुटेको पीडित लामाले बताएका छन् ।

प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार लामा घर फर्किनका लागि बसपार्क तर्फ जाँदै गर्दा नचिनेको एक व्यक्तिले यहाँ सिट पाईंदैन अलिपर गएर बस चढ्नुहोला त्यहाँ सिट पाइन्छ भनेर फकाएर लगेको र पैसा लुटेको थियो ।

लामाका अनुसार आफूले बैंकबाट झिकेको ३ लाख र आफूसँग पहिलेदेखि नै भएको १ लाख गरी ४ लाख रुपैयाँ ति व्यक्तिले लुटेर फरार भएका छन् ।

लुटेराको हुलियाको आधारमा खोजी तिव्र पारिएको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । खोजीका लागि जिल्लाका सबै सीमा नाका बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment