Comments Add Comment

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१७ चैत, कलैया । बाराको सिमरामा मंगलबार दिउँसो ट्यांकरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको रमौली बैरिया ७ का ४८ वर्षीय सत्यनारायण राउत छन् ।

ना २५ प २०२० नम्बरको मोटरसाइकलमा सवार राउतलाई ना २ ख ३९१८ नम्बरको ट्यांकरले वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत दिउँसो साढे २ बजेतिर हुलास स्टिल नजिकै ठक्कर दिएको थियो ।

ट्यांकर र त्यसका चालकलाई नियन्त्रणमा लिएर कानुनी कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी इन्चार्ज प्रहरी निरिक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment