Comments Add Comment

पारसलाई लिन विमानस्थल गइनन् हिमानी

१९ चैत, काठमाडौं । लामो समयको थाइल्याण्ड बसाइपछि पूर्व युवराज पारस शाह बिहीवार नेपाल फर्केका छन् । तर, पारसलाई लिन पूर्व राजपरिवारका सदस्यहरु गएनन्, उनकी हिमानी पनि विमानस्थल पुगिनन् ।

Ex prince paras shah return Nepal (2)

पारसलाई स्वागत गर्न झण्डै एक घण्टा अघिदेखि नै काँधमा राष्ट्रिय झण्डा ओढेका उनका समर्थकहरुले हातमा माला र खादा बाकेका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट आगमन कक्षबाट बहिरिएका पारसलाई स्वागत गर्न बसेका समर्थकहरुले उनी बाहिर निस्किना साथ राजतन्त्रको पक्षमा नाराबाजी गरे ।

पारसको जयजयकार गरेका समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, ‘पारस सरकार जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।

Paras Shah at TIA 2

सन्यासीको गाडीमा पारसको सवारी

थाइल्याण्डमा रहँदा कुलतमा फसेर पटक पटक जेल सजायँ भोगेका पारसको कपाल पालेको ठिटलाग्दो तस्वीर सार्वजनिक भएको थियो । तर विहीबार काठमाडौ आउँदा भने पारस सुकिलो देखिन्थे । पारसको स्वागत गर्न विमानस्थलमा बसेका एक शुभेच्छुकले भने आफूले कल्पना गरे भन्दा राम्रो देखेको बताए ।

पारसलाई लिन सन्यासी जीवन विताएका पूर्व आईजीपी हेमबहादुर सिंहको छोरा बा ३ च ५४०६ नम्बरको मित्सुविसी कार लिएर विमानस्थलमा गएका थिए । पारसलाई गाडीमा चढाएपछि सन्यासी सिंह गाडीको बाहिरै झुण्डिए ।

paras samarthak-2समर्थकको भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे

पारसलाई स्वागत गर्न आएका उनका समर्थक तथा राजवादी कार्यकर्ताहरुले उनी चढेको गाडी घेरेर जयजयकार गरेपछि प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मे हम्मे पर्यो ।

समर्थकहरुले जयजयकार गर्दै उनको गाडीलाई घेरेर मुलगेट सम्म दौडिएका थिए । पूर्व आईजीपी हेमबहादुर सिंहको छोरा लट्टा पालेका सन्यासी प्रवन्धनबहादुर गाडीमा झुण्डिएरै विमानस्थलबाट बाहिरिएका थिए ।

paras samarthak

पारसको स्वागत गर्न गएका सवै ‘जय शम्भो’

लामो समयपछि थाइल्याण्डबाट स्वदेश फर्किएका पारसलाई स्वागत गर्न झण्डै दुई सय जना विमानस्थलमा थिए । दुई घण्टाअघिदेखि नै विमानस्थलमा आएका उनीहरु साथीहरुसँगको भेटमा ‘जय शम्भो’ भन्दै थिए ।

पारसको स्वागतमा युवाहरुको ‘गजडी’ जमात पुग्ने आशंका गरिए पनि विमानस्थलमा सभ्य जमात मात्रै थियो । सोही भिडमा राजावादी संघ संस्थाका पर्चाहरु समेत बाँडिएका थिए ।

लागू औषधसहित पक्राउ परेपछि पारस थाइल्याण्डमा जेलमा परेका थिए । बैंककस्थित अपार्टमेन्ट धरौटीमा राखेर उनी छुटेका थिए । पारसका साथी सुनिल खड्काका अनुसार हालै मात्र नाङखोइ प्रान्तको अदालतले पारसलाई सफाइ दिएको छ ।

अदालतको मुद्दा र पारसको नेपाल बसाइबारे अनलाइनखबरको प्रश्नमा खड्काले भने,’ सबै क्लियर भयो । अब नेपालमा नै बस्नुहुन्छ होला ।’ पारस र हिमानीको सम्वन्ध सुमधूर छैन । पारस थाइल्याण्डमा प्रेमिकासँग बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment