+
+

यस्तो बन्यो करोड बजेटको ‘चंखे शंखे पंखे'(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २० गते १०:२३

sudarsan-puja-and-santoshमहंगो बजेटमा चलचित्र निर्देशन गर्ने भनिएर चिनिएका निर्देशक सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘चंखे शंखे पंखे’को ट्रेलर एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

काठमाण्डौमा आयोजना भएको कार्यक्रममा कमेडी र राष्ट्रियताले भरिएको यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सुदर्शन थापा, सुवास थापा, प्रेम पुरी र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्रलाई सन्तोष सेनले  निर्माण गरेका हुन् ।

एउटा राम्रो चलचित्र बनाउने आफ्नो धोको भएकाले पनि कुनै संझौता नगरेको सन्तोषको भनाई छ ।

निर्देशक सुदर्शन थापाले आफूले लभस्टोरी बिषयलाई छाडेर देशको बारेमा सोचेको बताए ।

यो चलचित्रलाई करोड भन्दा माथिको बजेटमा तयार गरिएको उनको भनाई छ । प्रचारसम्म पुग्दा चलचित्रको बजेट डेढ करोड पुग्ने बताइएको छ ।

चलचित्रमा राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, अष्ट महर्जनको एक्सन, रामशरण पाठकको लेखन छ ।

चलचित्रको सार्वजनिक ट्रेलरमा ३ यूवा र एक यूवतीको रमाइलो प्रेम प्रसंगको साथमा देशप्रेमलाई पनि समेटिएको छ । यो चलचित्र जेठ १ गतेबाट प्रदर्शन हुँदैछ । chankhe-team

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?