Comments Add Comment

गभर्नरलाई सुनचाँदी व्यवसायीको आठ बुँदे सुझाव

Ratna-Aabhusan-Mahasangh

२३ चैत, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले नवनियूक्त गभर्नर डा. चिरञ्जिवी नेपाललाई ८ बुँदे सुझाव दिएका छन् । बजारमा सुन बिक्री वितरण सम्बन्धी राष्ट्र बैंकको नीति, निर्देशन र निर्णय परिमार्जन गर्न व्यवसायीहरुले सुझाव दिएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले संयुक्त रुपमा आठ बुँदे सुझाव तथा समाधानका उपायहरुका बारेमा अवगत गराएका हुन्  ।

व्यवसायीहरुले सुन आयातकर्ता बैंकले महासंघहरुको सिफारिसबीना सिधै बिक्री गर्न पाउने गरी भएको निर्णय र ब्यवस्थामा पुर्नविचार गर्न गभर्नर नेपालसमक्ष आग्रह गरेका छन् । बैंकको सुन समय समयमा बिक्री नभएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

वाणिज्य बैंकहरुले उपलब्ध्ा गराएको सुन बिक्री नहुनुको कारणहरु अबैध सुनको आयात, स्थानिय बजारको माग र आपूर्तिमा हुने उत्तार चढाव लगायतका कारणहरु हुनसक्ने बताउँदै व्यवसायीहरुको भनाई छ ।

राष्ट्र बैंक समस्या पहिल्याई समाधानतर्फ लाग्नुपर्नेमा महासंघहरुको सिफारिसबीना सिधै बेच्न पाउने व्यवस्था गरिदिँदा बैंकबाट उपलब्ध हुने सुनमा एकाधिकार र केन्दि्रकृत भएको उनीहरुको दाबी छ ।

व्यवसायीहरुले अवैध सुनको आयातालाई कडाइका साथ नियन्त्रण र निगरानी गर्न सम्बन्धित नाका तथा सुरक्षा अधिकारीहरुलाई राष्ट्र बैंकको तर्फबाट नै सरकारको ध्यानाकर्षण गराउनुपर्ने सुझाव दिएका छन् ।

सुनको वितरण सिफारिस एकद्वार प्रणालीबाट गरिनुपर्ने बताउँदै उनीहरुले सुनको थोक बिक्री वा आयात बन्द गरी १ किलोको सट्टा सय, दुई सय ग्रामका टुक्राहरु पनि आयात तथा बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने सुझाव छ ।

अहिलेको भन्सार दर प्रति किलो ५ लाख २० हजारलाई कटौती गरी प्रतिशतको आधारमा तय गर्न पनि व्यवसायीले सुझाव दिएका छन् । सुन आयातबाट बैंकलाई जोखिम बढेको भए परिमाणत्मक सीमालाई यथावत राखेर कुल आयातको कम्तीमा ५० प्रतिशत आयात निजी क्षेत्र दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment