Comments Add Comment

पोलेको नूनले नवजात शिशुलाई कुपोषण

२७ चैत, बाजुरा । जिल्लाका अधिकांश सुत्केरीले कम्तीमा ६ महिनासम्म पोलेको नुन खाने गरेका कारण नवजात बालबालिकामा कुपोषण हुने गरेको पाइएको छ । पोलेको नुनमा आयोडिन नहुने हुँदा यस्तो कुपोषण हुने गरेको पाइएको छ । पोलेको नूनमा आयोडिन नहुने हुँदा यस्तो कुपोषण हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।
salt
नून नपोली खाए बच्चा रोगी हुने अन्धविश्वासका कारण तावामा पोलेर सुत्केरीलाई दिने गरिएको छ । ब्रम्हतोला-९ ताप्राकी पुल्ती खातीले सुत्केरी भएको एक वर्षसम्म नुन तावामा पालेर खाने गरेको बताएको नयाँ पत्रिकामा खबर छ । उनले भनिन्, ‘नून पकाएर खाए छोराछोरीलाई विभिन्न रोग लाग्छ भन्ने छ, त्यसैले एक वर्षसम्म पालेर दिने गरेका हौं ।’

कैलाशमाडौकी टीकादेवी पाध्ययाको छोरी १२ वर्षकी छिन् । छोरी गर्भमा हुँदा उनले नुन तावामा भुटेर खाएको बताइन् । ‘नुन नखा नून खाएपछि बच्चालाई पिट्का हुन्छन् भनेर भन्ने गरेका छन्,’ उनले भनिन्, ‘पोषिलो खाना नखाँदा चक्कर आउने, हातखुट्टा काप्ने, दूध नआउने हुन्छ, तर ठूला मान्छेले भनेपछि सवै सहेर नून खाइएन ।’

अनिवार्य रुपमा गर्भवती सुत्केरी र सुत्केरीले आयोडिनयुक्त नून र पोषिलो खाना खानुपर्ने हुन्छ । तर, सुत्केरीमा धेरैले पोषिलो खाना खान नपाएको गर्भवती लाली विकले बताइन् । उनले भनिन्, ‘आमाले पोषिलो खाना नपाउँदा बच्चामा त्यसको प्रभाव देखिने गरेको छ ।’

जिल्लामा कुपोषणको अवस्था घट्नुको साटो झनै बढ्ने क्रममा भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment