+
+

एसपी रमेश खरेललाई आइजी बन्न नदिने खेल

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २७ गते १३:३५

२७ चैत, चितवन । लोकप्रिय एसएसपी रमेश खरेलले समादेशकका रूपमा पूरा गरेको भर्ना प्रक्रिया लोकसेवा आयोगले रद्द गरेपछि नेपाल प्रहरीको मुख्यालयदेखि गृहमन्त्रालयसम्म खैलाबैला मच्चिएको छ ।

ramesh-kharel-in-video-1हाल भरतपुर तालिम केन्द्रमा रहेका खरेलसँग गृहमन्त्रालयका उच्चअधिकारीदेखि नेपाल प्रहरीका महानीरिक्षक उपेन्द्रकान्त अर्याल समेत रुष्ट भएका छन् । गृहमन्त्री वामदेव गौतम उसै पनि खरेलसँग रुष्ट छँदैछन् ।

एसएसपी खरेल विवादमा परेपछि भरतपुर तालिम केन्द्रमा समादेशकका रूपमा अर्का एसएसपीलाई पठाउने तयारी भएको छ । यसका लागि पत्राचारसमेत अगाडि बढाइएको प्रहरी स्रोतले बतायो ।

खरेलको नेतृत्वमा भएको जवान भर्ना प्रक्रियाअन्तरगत रमेश खरेल समीक्षक भएर लिएको अन्तवार्ता रद्द गरी पुनः वैशाख २ देखि ७ गतेसम्म अन्तवार्ता लिने सूचना जारी भएको छ ।

के गरे खरेलले ?

रमेश खरेलले लोकसेवा आयोगले बनाएको प्रहरी नियमावलीलाई लत्याएर अंक दिएको फेला परेको बताइएको छ । उक्त घटनापछि आयोगले गम्भीर प्रश्न उठाउँदै निर्णय उल्टाउन लगायो ।

आइजी बन्न नदिने खेल

भावी आइजीका लागि खरेलका मुख्य प्रतिस्पर्धी सर्वेन्द्र खनाल र राजेन्द्रमान श्रेष्ठलाई पछाडि पार्न शक्तिकेन्द्रलाई खुशी पार्नेतर्फ ध्यान केन्द्रित पारेका छन् ।

हाल आफ्नो ब्याचमा एक नम्बरमा रहेका उनी धेरै विवादमा मुछिएपछि प्रहरीलाई संस्थागत रूपमा असजिलो पार्न खोजेको भनी आलोचना भइरहेको छ ।

बढुवामा बि्रफकेश पुर्‍याउनेदेखि नेपाल भारत सीमामा बस्ने दुवै देशका सुरक्षा निकायका मान्छेहरू भ्रष्ट छन् भनी खरेलले दिएको अभिव्यक्तिले सुरक्षा निकायमा बसेकालाई चिढ्याएको छ ।

सुन सुराकीको कमिशन लिन आफ्नै पत्नीलाई सुराकीमा राखेको पाइएपछि खरेलको साख हृवात्तै घटेको छ ।

कुनैबेला नायकझै बनाइएका उनी पछिल्लो समय गुमनामजस्तै बनोका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?