+
+

प्रचण्डलाई जातीय र क्षेत्रीय घेरा तोड्न महेश बस्नेतको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २८ गते १९:३९

Mahesh-Basnet२८ चैत, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले जातीय, साम्प्रदायिक र क्षेत्रियतावादीहरुको घेरा तोडेर बाहिर आउन एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् ।

पुष्पलाल मेमोरियल उच्च माध्यमिक विद्यालय कपनको १४ औं वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै माओवादी विरोधी छबी बनाएका बस्नेतले प्रचण्ड सहितको सहमतिमै संविधान जारी हुने बताए ।

बस्नेतले एमालेले माओवादीसँग कहिल्यै भौतिक प्रतिवाद गर्न नचाहेको र द्वन्द्वका बेला साढे तीन सय भन्दा बढि एमालेका होनहार नेता कार्यकर्ता मारिदा पनि आफूहरुले बैचारिक प्रतिवादमात्र गरेको बताए ।

बस्नेतले हिमाल तराई र पहाड टुक्राउने र जातीय आधारमा नेपाली जनतालाई भिडाउने खालको संघीयतामा भने कुनै हालतमा नजाने प्रष्ट पारे । ‘यस्ता कुरामा कहिल्यै सम्झौता हुदैन’ बस्नेतले भने ।

बस्नेतले संविधान जारी गर्नका लागि मात्र कांग्रेससँग सत्ता साझेदारी गर्नुपरेको भन्दै एमालेको मुख्य प्रतिस्पर्धी कांग्रेसनै भएकाले माओवादीसँग कुनै दुश्मनी नरहेको बताए ।

कार्यक्रममा पुष्पलाल मेमोरियल उच्च माविका अध्यक्ष केदार पुडासैनीले विद्यालयको प्रगतिका बारेमा जानकारी गराएका थिए । सोही अवसरमा मन्त्री बस्नेतले बिभिन्न बिधामा विद्यार्थी र अभिभावकलाई पुरस्कृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?