Comments Add Comment

द्वन्द्वकालीन मुद्दाको फैसला सच्याउन प्रधानन्यायाधीशलाई एमाओवादीको आग्रह

२९ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका कानुन विभाग प्रमुख प्रभु साहले द्वन्द्वकालीन मुद्दाका सम्बन्धमा हालै सर्वोच्च अदालतले गरेको फैसला सच्याउन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहलाई आग्रह गरेका छन् ।

आइतबार बिहान प्रधानन्यायाधीश निवास बालुवाटार पुगेर नेता साहले औपचारिक रुपमा फैसला सच्याउन आग्रह गरेका हुन् ।

जवाफमा प्रधानन्यायाधीशले सो फैसलाको पुनरावलोकनका लागि आग्रह भएमा प्रक्रियाअनुसार त्यसबारे पुर्नविचार गर्न सकिने जवाफ दिएको नेता साहले बताए । साहले राजनीतिक विषयलाई राजनीतिक तहबाट समाधान गर्नुपर्छ भन्नेमा प्रधानन्यायाधीससमेत सहमत भएको दाबी गरे ।

भेटमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा सक्षमलाई प्राथमिकता दिन,समावेशी सिद्धान्त अपनाउन र न्यायपरिषद्मा सबै पक्षको सहभागिताको वातावरण बनाउन साहले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएका छन् ।

द्वन्द्वकालका अदालतले फैसला सुनाएका मुद्दा र विचाराधीन मुद्दा अदालतकै फैसलाअनुरुप हुने र ती मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारमा लैजान नपाउने भनी गत फागुन १४ गते सर्वोच्चले गरेको फैसलाप्रति छ माओवादी घटकले विरोध गर्दै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment