+
+

नयाँ वर्षमा सामसुङ इलेक्ट्रोनिक्सको फ्रेस मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ३० गते ११:४४

Samsung-Showroom2

३० चैत, काठमाडौं । सामसुङको नेपाली बिक्रेता हिम इलेक्ट्रोनिक्सले नयाँ वर्षमा ग्राहकहरुका लागि ‘सामसुङ फ्रेस न्यू इयर, फ्रेस न्यू प्राइसेस’ योजना ल्याएको छ ।

सामसुङले आफ्नो कन्ज्युमर इलेक्ट्रोनिकस र होम एप्लायन्सहरुमा फ्रेस दामहरु प्रस्तुत गरेको हो । नयाँ वर्षमा सबै जनाले नयाँ सुरुवात गर्न खोज्ने हुँदा सामसङले आफ्ना उत्पादनहरु विशेष मूल्यमा उपलब्ध गराई जीवनमा उमङ्ग ल्याउने प्रयास गरेको बताएको छ ।

फ्रेस योजनाअन्तर्गत ग्राहकहरुले सामसुङ एलइडी टिभी न्यूनतम २२ हजार ४ सय ९० रुपैयाँदेखि खरिद गर्न पाउनेछन् । नयाँ आधुनिक कभर्ड युएचडी टिभी ७ लाख १९ हजार ९ सय ९० रुपोयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

सामसुङ सिङ्गल डोर रेफ्रिजेरेटरहरु २१ हजार ९ सय ९० रुपैयाँदेखि खरिद गर्न सकिनेछ । त्यस्तै, क्वाट्रो फुड सोकेस स्मार्ट रेफ्रिजेरेटरहरु ३ लाख ६१ हजार ९ सय ९० रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।

ग्राहकहरुले सोलो माइक्रोवेभ ओभन १० हजार ४ सय ९० रुपैयाँदेखि खरिद गर्न पाउनेछन भने स्मार्ट अल इन वान माइक्रोवेभ ओभन ३६ हजार ४ सय ९० मा किन्न सकिन्छ ।

सेमि अटो वासिङ मेसिनको १९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ भने एक्टिभ वास टप लोडिङ वासिङ मेसिनको ३२ हजार ७ सय ९० रुपैयाँ तोकिएको छ ।

हिम इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक शेखर गोल्छाले नयाँ वर्ष सबैका लागि एउटा नयाँ जीवनको सुरुवात गर्ने अवसर भएको हुँदा सामसुङले ग्राहकहरुको जीवन स्तर अझै राम्रो पार्ने प्रयास गरेको बताए ।

‘सामसुङ फ्रेस न्यु इयर, फ्रेस न्यु प्राइसेस योजनाले सबैको जीवनमा खुसीयाली छर्छ भन्ने कुरामा हामी विश्वस्त छौं’ गोल्छाले भने- ‘सामसुङको सबै कन्ज्युमर इलेक्ट्रोनिक्स र होम एप्लायन्सहरुमा ल्याइएको यो योजनाबाट सबैलाई फाइदा हुनेछ भन्ने कुरामा विश्वास छ ।’

यो योजना चैत २९ गतेदेखि सुरु भएर असार १५ गतेसम्म लागू हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?