+
+

नेपालमा ब्याण्डबाजा प्रतिवन्ध कहिले ?

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ३० गते १८:३५

३० चैत, काठमाडौं । भारतको महाराष्ट्रमा ब्याण्डबाजा बजाउन र डिजे प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । ब्याण्डबाजा र डिजेले ध्वनी प्रदुषण धेरै हुने भएकाले प्रतिबन्ध लगाइएको हो । विवाह लगायतका धार्मिक कार्यक्रममा ब्याण्डबाजा वा डिजेको प्रयोग गर्नेहरु अब दण्डित हुनुपर्ने छ ।

band_indian_wedding_reuters

पूणेस्थित सुजल कोअपरेटिभ हाउजिङ सोसाइटीका अध्यक्ष उज्ज्वला घाणेकरले विवाहमा बजाइने ब्याण्डबाजा र डीजेलाई रोक्न माग गर्दै गत जनवरीमा दायर गरेको उजुरी राष्ट्रिय हरित न्यायाधीकरणले सदर गरेको हो ।

यो निर्णय पूणेमा मात्रै होइन पूरै महाराष्ट्रमा लागू हुने छ । न्यायाधीकरणले अबदेखि ब्याण्डबाजा र डिजे प्रयोग गर्नेहरुलाई कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको छ ।

स्वागत र विरोध

यसबारे केन्द्र सरकारले कुनै सूचना वा निर्देशन जारी गरेको छैन । तर, यसको समर्थन र विरोधमा मिश्रित प्रतिक्रिया आएका छन् ।

मांगलिक कार्यमा प्रयोग हुने ब्याण्डबाजा बजाउन नपाउने निर्णयको स्थानीयले स्वागत गरेका छन् । यही अप्रिल २५ मा छोरीको विहे गर्ने तयारीमा रहेका मुम्बई निवासी पीके दास भन्छन्, ‘यो एकदम राम्रो हो । किनकी ब्याण्डबाजा र डिजेबाट धेरै ध्वनि प्रदूषण हुन्छ ।’

डिजे र ब्रास ब्याण्ड सन्चालन गर्दै आएकाहरुले भने व्यापार व्यवसाय धरासायी हुने भन्दै विरोध गरेका छन् ।

मुम्बईका एक सन्चालकले परिचय गोप्य राखिदिने सर्तमा भनेका छन्, ‘यसबारे हामीलाई सरकारबाट औपचारिकरुपमा कुनै जानकारी आएको छैन । तर यसबाट हाम्रो व्यापार व्यवसाय पूरै ठप्प हुनेछ । हामी कानूनी सल्लाह लिइ यो निर्णयलाई चुनौति दिन्छौं ।’

नेपालमा कहिले ?

ब्याण्डबाजाको प्रयोगमा नेपालमा पनि अत्यधिक हुँदै आएको छ । नेपालीहरुले विहेमा प्रयोग हुने पन्चैबाजा र नौमति बाजालाई भुल्दै गएका छन् र ब्याण्डबाजामा आकर्षित भएका छन् । ब्याण्डबाजाले नेपालमा पनि ध्वनि प्रदूषण बढाएको छ । कानै खाने र निद्रै खलबलाउने ब्याण्डबाजाको प्रयोगबारे नेपालमा पनि बहस आवश्यक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?