+
+

टिसिएलले ल्यायो स्टार क्रुज होलिडे प्याकेज

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ३० गते १५:०१

३० चैत, काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले नयाँ बर्षको अवसर पारेर होलीडे प्याकेज योजना ग्राहकमाझ ल्याएको छ । ‘ट्रिप TCL-Tur-Packegeइन अ शीप’ नामक योजनामा हरेक हप्ता दुईजना भाग्यशाली उपभोक्ताले होलीडे टुर प्याकेज प्राप्त गर्नेछन् ।

टिसिएल ब्रान्डको एलइडी टिभी, चेष्ट फ्रिजर, एअर कन्डिसनर, सिआरटी टिभी र वासिङ मेसिन खरिद गर्ने ग्राहकहरु यस योजनामा सहभागी हुन पाउनेछन् । हरेक हप्ता लक्की ड्र गरेर दुई जना ग्राहकलाई स्टार क्रुजको होलिडे प्याकेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

चैत २५ गतेदेखि सुरु भएको यो योजना सिमित अवधिसम्म लागू हुने बताइएको छ । ग्राहकहरुले नेपालभर रहेका टिसिएलका आउटलेटहरुबाट योजनामा सहभागी हुन पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?