Comments Add Comment

जनावरसँग माफी माग्दै नयाँ वर्षको स्वागत

१ वैशाख, काठमाडौं । नयाँ वर्षलाई स्वागत र पूरानो वर्षलाई बिदाई गर्ने आ-आफ्नै शैली देखिएका छन् । पशु अधिकारकर्मीहरुले भने यो वर्षभरी मारिएका जनावरलाई श्रद्धान्जली दिएर पुरानो वर्षको बिदाई गरेका छन् ।

Animal-Condolance२०७१ सालभरीमा विश्वभरमा मारिएका सम्पुर्ण पशुपंक्षीलगायतका प्राणीहरुलाई श्रद्धान्जली दिएर पुरानो वर्षको बिदाई गरिएको अभियन्ता प्रकाश आस्थाले बताए ।

रत्नपार्क शान्तिबाटिका आयेजित एक कार्यक्रममा दिप प्रज्वलन गरी श्रद्धान्जली दिइएको हो । ‘हामी सम्पुर्ण प्राणीहरु जो अनाहकमा मारिए, उनीहरुसँग माफी माग्न चाहन्छौँ’-नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले कार्यक्रममा ‘माफीपत्र’ बाचन गर्दै भने ।

उनीहरुले भने-‘भोजनकै कारण मात्रै हाम्रो मानव जातीले तपाईँ निसहाय प्राणीमाथि अन्याय गरेकोमा लज्जित छौँ । मृत आत्माको शान्तिको कामना गर्दछौँ ।’

डेढ सयको शंख्यामा उपस्थित नरनारीले उक्त माफीपत्र सामुहिक रुपमा बाचन गरेर दिप प्रज्वलन गरेका थिए । ‘पश्चिमाहरु अध्यात्म, करुणा र स्वास्थ्यका दृष्टिबाट समेत मांशभोजन छाड्दैछन्’ शाकाहारी अभियन्ता प्रकाश आस्थाले भने-‘हाम्रोमा चाही प्राणीहिंसाबाट प्राप्त हुने भोजनको प्रचलन बढ्दो छ । यो गलत छ । यसलाई हटाउनु र घटाउनु आवश्यक छ ।’

‘शाकाहारी जीवन जिउँ, स्वस्थ रहौँ’ भन्ने नाराका साथ शाकाहारी संघ देशका विभिन्न भागमा क्रियाशील छ । उनीहरुले यसै सातै शाकाहारी बनभोज गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment