+
+

नेपालको घरेलु क्रिकेट संरचनामा आईसीसीको जोड

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २ गते १०:४५

२ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपालको घरेलु क्रिकेट संरचना र मैदान पुनर्निमाणमा जोड दिएको छ ।

फिलिप हृयूजप्रति श्रद्धान्जली दिन आयोजित खेलका क्रममा चैत अन्तिममा आईसीसी बोर्ड अफ डाइरेक्टर वली एडवर्ड्स र ग्लोबल डेभलोपमेन्ट प्रमुख टीम एण्डरसन नेपाल आएका थिए ।

कीर्तिपुर मैदानमा शक्ति गौचनसँग कुरा गर्दै टीम एन्डरसन
कीर्तिपुर मैदानमा शक्ति गौचनसँग कुरा गर्दै टीम एन्डरसन

हृयूजको सम्झनामा भएको खेल सफल भएकोमा दुबै अधिकारी निकै सन्तुष्ट देखिएका थिए । वली एडवड्र्स क्रिकेट अष्ट्रेलियाका अध्यक्ष समेत हुन् र उनले सार्वजनिक रुपमा नै श्रद्धान्जली खेल सफल भएकोमा खुलेर प्रशंसा गरेका थिए ।

क्यान स्रोतका अनुसार आईसीसीका ग्लोबल डेभलोपमेन्ट प्रमुख एण्डरसनले क्यानमा केही सुधारमा जोड दिएका छन् । ‘फद दि फिल्ड र अन दि फिल्ड सुधारका केही कुरा छन्’ क्यानका एक पदाधिकारीले भने ।

स्रोतका अनुसार आईसीसीले क्यानमा दक्ष जनशक्तिहरु राख्नु पर्नेमा जोड दिएको छ । खासगरी क्रिकेट अपरेसन म्यानेजर, डेभलोपमेन्ट अफिसर लगायतका अधिकारी राखेर क्यानलाई चुस्त र पाददर्शी बनाउने पर्ने उनीहरुको जोड थियो ।

आईसीसीले नेपालको घरेलु संरचना बलियो हुनु पर्नेमा जोड दिएको छ । साथै कीर्तिपुर मैदानको पूनर्निमाण र मुलपानीसहितका मैदान निर्माणमा पनि उनीहरुको चासो थियो । ‘अन्तराष्ट्रिय प्रतियोगिताका लागि मैदान पुनःनिर्माणमा उनीहरुले जोड दिएका छन्’ एक सदस्यले भने ।

आईसीसीले यसअघि नै सन् २०१७ सम्ममा नेपाललाई विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तीन होम गेम दिएको छ । तर, त्यसका लागि कीर्तिपुर मैदानमा तत्काल सुधार गर्नु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?