+
+

नयाँ वर्षको कार्यक्रममा भाग लिन राजेश हमाल कतार आए

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २ गते १०:२८

rajesh hamal-dohaदोहा । नेपाली चलचित्र क्षेत्रमा बिगत अढाई दशकदेखि एकछत्र राज गर्दै आइरहेका महानायक राजेश हमाल कतार आइपुगेका छन । आगामी १७ अप्रिल शुक्रबार सनैयाको ग्रयाण्ड मल नजिक रहेको वेस्टइन्ड पार्कमा आयोजना हुन गइरहेको नेपाली नयाँ वर्ष धमाकामा आफ्नो प्रस्तुती दिन हमाल कतार आएका हुन् । यो उनको चौथो कतार भ्रमण हो ।

यसअघि उनी मल अफ एसियाको उद्घाटनका लागि गत वर्ष अक्टोबरमा दोहा आएका थिए । स्थानीय समयअनुसार दिउसो ३ बजे कतार एयरवेजको नियमित उडानबाट उनी कतार आईपुगेका हुन् ।

यस पटकको कार्यक्रम बिशेष र ऐतिहासिक हुने तथा आफ्नो प्रस्तुतीको दर्शकले बेग्लै मजा लिन पाउने हमालले बताए ।
बक्स अफ ईभेन्ट कम्पनीले प्रस्तुत गर्न लागेको नेपाली नयाँ वर्ष धमाकालाई कार्यक्रमलाई अल जमान एक्सचेन्ज र भिजन गुप्रले आयोजना गरेका हुन ।

शुक्रबारका दिन दिउसो ४.३० बजेबाट शुरु हुने कार्यक्रमका लागि २ बजेबाट नै प्रवेश खुल्ला गरिने आयोजकले जनाएको छ । कार्यक्रमको टिकटदर कतारी रियाल २०५ देखि ४५ रियालसम्म तय गरिएको छ ।

अप्रिल १५ तारिख ३ बजे उक्त कार्यक्रमका लागि नेपालबाट एक दर्जन भन्दा बढी राष्ट्रिय कलाकारहरु कतार आउँदैछन । कार्यक्रमका लागि चर्चित गायक राजेश पायल राई, नायिकाहरु प्रियंका कार्की र सुस्मा कार्की, गायिकाहरु ईन्दिरा जोशी र सीमा संग्रौला, हाँस्य कलाकार विल्समविक्रम राई (तक्मे बुढा), मिस नेपाल तथा नायिका माल्भिका सुब्बा, भोजपुरी र मैथिली नृत्यकार डोली सरकार र गायिका सुनिता शाह, भोजपुरी मैथिली र हिन्दी गायक आभाष लाभ, लोकदोहोरी गायक मिलन लामा र गायिका चन्दा अर्याल, नृत्य निर्देशक मोडल तथा नृत्यकार शंकर बिसी, नृत्यकार रश्मी तामाङ साथै कार्यक्रम संयोजक नविन लामा कतार आउदै छन् ।
(दीपक पुडासैनीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?