+
+

भैरहवाको विकासले जग्गाको मूल्य आकाशियो

३ बैशाख, भैरहवा । वितेका वर्षहरुमाभन्दा अहिले भैरहवा क्षेत्रको जग्गाको मुल्यमा अत्याधिक वृद्धि भएको छ । विकासले गती लिएसँगै यस क्षेत्रको जग्गाको मुल्य वृद्धि भएको सरोकारवालाहरुले बताएका छन ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३ गते १४:४६

Vairiba2

सलमान खान

३ बैशाख, भैरहवा । वितेका वर्षहरुमा भन्दा अहिले भैरहवा क्षेत्रको जग्गाको मूल्यमा अत्याधिक वृद्धि भएको छ । विकासले गती लिएसँगै यस क्षेत्रको जग्गाको मूल्य वृद्धि भएको सरोकारवालाहरुले बताएका छन ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बेलहिया बुटवल ६ लेन व्यापारी मार्ग, विशेष आर्थिक क्षेत्र, गौतम बुद्ध जन्मस्थल लुम्बिनीलगायतमा भएको तीब्र विकासका कारण भैरहवा क्षेत्रको जग्गाको मूल्य ह्वात्तै बढेको हो ।

रातारात करोडपति बन्ने सपना लिएर फेरि एकपटक यस क्षेत्रको जग्गाको कारोबारमा उद्योगपतिदेखि साना व्यवसायीसम्म आकर्षित भएका छन् । सबैभन्दा लुम्बिनी सडकखण्ड र लुम्बिनी क्षेत्रको जग्गा महङ्गो रहेको बुझिएको छ । विगत १ वर्ष अघि लुम्बिनी सडकखण्डमा करिब ६० हजार रुपैयाँमा पाइने एक धुर जग्गा अहिले करिब ६ लाख रुपैयाँ प्रतिधुरमा कारोबार भइरहेको व्यवसायीहरु बताउँछन् ।

त्यस्तै लुम्बिनी क्षेत्रमा करिब २ वर्ष अघि ५ देखि १० लाख रुपैयाँमा पाइने १ विघा जग्गा अहिले एक कठ्ठाको मात्र करिब २० लाख रुपैयाँमा कारोबार भइरहेको व्यवसायीको दाबी छ । त्यसैगरी, भैरहवाको मुख्य शहरमा पनि करिब १ वर्षअघि करिब ६ लाख रुपैयाँ धुरमा किनेबेच हुने जग्गाको मूल्य करिब २० लाख रुपैयाँ प्रति धुर पुगेको छ ।

Vairiba-1२० कठ्ठामा १ विघा हुन्छ भने २० धुरको १ कठ्ठा हुन्छ । यसक्षेत्रमा ‘धुर’ को हिसाबले जग्गा किनबेच हुने गर्छ ।

लुम्बिनी क्षेत्रमा होटल व्यवसायीका कारण जग्गाको मूल्य वृद्धि भएको जग्गा व्यापारी बताउँछन् । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ठुल्ठूला होटल निर्माण गरी व्यवसाय गर्ने उद्देश्यले अत्यधिक महङ्गो मूल्यमा पनि व्यवसायीले जग्गा खरिद गर्ने गरेको कारण लुम्बिनी क्षेत्रको जग्गाको मूल्यमा गिरावट नआएको स्थानिय शम्भु पन्तले अनलाइनखबरलाई बताए ।

विमानस्थलको निर्माण प्रक्रियाले गति लिएपछि आसपासका क्षेत्रबाट भैरहवामा बसाईसराई बढेसँगै माग र आपूर्तिबीच सन्तुलन नमिलेपछि जग्गाको मूल्य बढेको हो ।

‘कुनै जग्गा धनीलाई आर्थिक अभाव भए मात्र भैरहवा (नगरपालिका) मा जग्गा पाइने गर्दछ नभए भैरहवाको विकासका कारण यहाँ कसैले जग्गा विक्री गर्न चाहेको छैन,’ एक जग्गा व्यापारीले भने ।

भैरहवा नगरपालिका क्षेत्रमा सबैभन्दा बढी महङ्गो मूल्य बैंक कलोनीको जग्गा छ । सो स्थानको जग्गा एक वर्ष अघि करिब १ लाख रुपैयाँ धुरमा किनेबेच हुने गरेपनि अहिले भने ५ लाख रुपैयाँ प्रति धुरमा किनबेच भइरहेको बुझिएको छ ।

सिद्धार्थ राजमार्ग वरीपरीका अधिकांश खेतीयोग्य जग्गा व्यापारीहरुले प्लटिङ गरी धमाधम विक्री गरिरहेका छन् । जग्गाको व्यापारका कारण यस क्षेत्रका खेतीयोग्य जग्गा मासिदै गएको छ । अन्न उब्जाउने जग्गामा व्यापारीले प्लटिङ गरी चर्को मूल्यमा घडेरी विक्री गर्दै आइरहेका छन् ।

पाँच वर्षदेखि लगातार घरजग्गाको कारोबारमा मन्दी हुँदै आएको थियो । मन्दीका बेला पनि यस क्षेत्रमा राजधानीलगायतका अन्य क्षेत्रजस्तो कारोबार ठप्प नभएको व्यवसायीहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?