Comments Add Comment

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्नेविरुद्ध मुद्दा दायर

३ वैशाख, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा कर्मचारी सञ्चय कोषमा कार्यरत एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

special_court-Finalआयोगका अनुसार कोषको प्रमुख सहायक पदमा कार्यरत लक्ष्मी अधिकारीले पेस गरेको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटना, भारतबाट सन् १९९५ मा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको हो ।

आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment