Comments Add Comment

हराएको ६ दिनपछि अधिकारीको शव भेटियो

३ वैशाख, काठमाडौं । गोरखा घ्याल्चोक गाविस ९ नयाँगाउँका ४२ वर्षीय छत्रप्रसाद अधिकारी हराएको ६ दिनपछि मृत फेला परेका छन् । गत चैत २७ गते रातिदेखि सम्पर्कविहीन रहेका अधिकारीको शव बिहीबार सशस्त्र प्रहरीको टोलीले त्रिशुली नदीमा फेला पारेको हो ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालीम केन्द्र कुरीनटारबाट खटिएको टोलीले चितवन र गोरखाको सिमानामा पर्ने मौवाखोला भन्ने ठाउँ नजिक त्रिशुली नदीको बीचभागमा तीनवटा ढुंगाको चेपमा अड्कीएको अवस्थामा शव फेला पारेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

उनले नदीमा हामफालेर आत्महत्या गरेको सशस्त्र प्रहरीले जनाएको छ । करीव दुई महिना अघि श्रीमतीको मृत्यु भएपछि उनी निराश थिए ।

सो घटनाबारे विहीबार विहान स्थानिय प्रहरीबाट जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी निरीक्षक अजय थापाको कमाण्डमा विहानै ११ जनाको एपीएफ टोली खोजीकार्यमा खटिएको थियो । र्‍याफ्टीङको सहायताबाट शवलाई नदीबाट बाहिर निकाली प्रहरी चौकी घ्याल्चोकको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक छतकुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment