Comments Add Comment

चितुवाको छालासहित २ जना पक्राऊ

३ वैशाख, काठमाडौं । संरक्षित वन्यजन्तु चितुवाको छालासहित काठमाडौंका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं नाङ्लेभारे गाविस ५ का ३५ वर्षीय जीतबहादुर तामाङ र सोही स्थानका ३० वर्षीय कमल तामाङ छन् ।

Jitbahadur-Tamang-and-Kamal

दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा वन्यजन्तुका अंग प्रत्यंगहरुको गैरकानुनी ओसारपसार हुन लागेको सूचनाको आधारमा परिचालित प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नाङ्लेभारे गाविस ३ बाट उनीहरुलाई पक्रेको हो ।

उनीहरुको साथबाट चितुवाको छाला एक थान बरामद भएको छ । उनीहरुलाई जिल्ला वन कार्यालय हात्तीसारमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment