Comments Add Comment

जाजरकोटका नाकामा फ्लुको जाँचमा कडाइ

४ बैशाख, जाजरकोट । जाजरकोटका विभिन्न गाविसमा फैलिएका सिजिनल फ्लु, स्वाइन फ्लु अन्य गाविस तथा जिल्लामा फैलिन नदिन हेल्पडेस्क स्थापना गरिएको छ ।

जिल्ला दैवी प्रकोप समितिले गरेको निर्णयअनुसार बिहीबारदेखि जिल्लाका चार ठाउँमा हेल्पडेस्क स्थापना गरिएको हो । जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर, दैलेख र जाजरकोटको सिमाना थलहबजार, जाजरकोट र रुकुमको सिमाना दल्ली र बसपार्क खलङ्गाको शान्ति चौतारामा हेल्पडेस्क स्थापना गरिएको छ ।

हेल्प डेस्कमा बिरामीको जाँच गरिने र आवश्यक सल्लाह, सुझाव दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्लाका पजारु, टालेगाउँ, अर्छानी, पैक, सक्ला, नायकवाडा, रोकायगाउँ, लह र सुवानाउली गाविसमा रोग फैलिएको छ ।

यसैबीच सो रोगबाट गएराति वीचपजारु–३ की रितु टमाटाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment