Comments Add Comment

थापाको निधनबाट राष्ट्रपति दुःखी

४ वैशाख, काठमाडौं । राष्ट्रपति रामवरण यादवले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनले संक्रमणकालबाट गुज्रिरहेको मुलुकलाई ठूलो क्षति पुगेको बताएका छन् ।

शुक्रबार  समवेदना सन्देश जारी गर्दै यादवले आफू थापाको निधनले अत्यन्त दुःखी भएको बताएका छन् ।

सम्पूर्ण जीवन मुलुकको राजनीतिमा समर्पण गरेका थापाको समन्वयकारी भूमिका, स्पष्ट राजनीतिक दृष्टिकोण, दृढ इच्छाशक्ति र सन्तुलित व्यवहार सँधै स्मरणीय रहने उनले बताएका छन् ।

थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै यादवले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

थापाको निधनमा राष्ट्रपतिबाट जारी  समवेदना सन्देश
थापाको निधनमा राष्ट्रपतिबाट जारी समवेदना सन्देश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment