Comments Add Comment

पुस्तकालय स्थापनाका लागि कोरियाबाट सहयोग

Gulmi-Simaltari

४ वैशाख, काठमाडौं । गुल्मीको सिमलटारीस्थित मालिका उच्च माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि कोरियामा कार्यरत पूर्व विद्यार्थीहरुले सहयोग गरेका छन् ।

कोरियामा कार्यरत पूर्व विद्यार्थी तथा सुभचिन्तकले ५५ हजार २ सय रुपैयाँ सहयोग गरेका हुन् । विद्यालयका पूर्व विद्यार्थी भोजेन्द्र थापाको संयोजकत्वमा २९ जनासँग सो रकम संकलन गरिएको थियो ।

अझै रकम संकलन गर्ने अभियान जारी रहेको थापाले जानकारी दिए । पूर्व विद्यार्थी राजेश पौडेल र सुमनराज अर्यालले विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोग संकलन अभियान चलाएका छन् ।

उनीहरुले नगदसहित नयाँ तथा पुराना पुस्तकहरु पनि संकलन गरिहेको बताएका छन् । यसरी संकलन गरिएका पुस्तकहरु पुस्ताकलयमा राखिने छ । २०१६ सालमा स्थापन भएको यो विद्यालय गुल्मी तीन नम्बर क्षेत्रकै राम्रो विद्यालय मानिन्छ ।

पुस्ताकलय स्थापनका लागि स्वदेश विदेशबाट सहयोग पाइरहेको अभियानकर्ताले बताएका छन् । पुस्तकालय अभियानमा सहयोग गर्न चाहानेहरूले अभियानको अाधिकारिक फेसबुक पेजमार्फत सम्पर्क गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment