Comments Add Comment

पार्टी एकताका लागि अनिल झा र विकास तिवारीलाई महतोको पत्र

४ वैशाख, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले अनिल झा र विकास तिवारी नेतृत्वको सद्भावनासँग पार्टी एकताको प्रस्ताव राखेको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

सद्भावना पार्टीले शुक्रबार औपचारिक पत्र नै पठाएर वार्ताका लागि आहृवान गरेका हुन् । झा नेतृत्वको नेपाल सद्भावना पार्टी र तिवारी नेतृत्वको नेपाल सद्भावना पार्टी गजेन्द्रवादीलाई एकता वार्ताका लागि पत्रचार गरेको हो ।

सद्भावनाले सहअध्यक्ष लक्ष्मणलाल कर्णको नेतृत्वमा ‘सद्भावना पार्टी परिवारका राजनीतिक दल तथा साथीहरुबीच एकीकरण’ गर्न कार्यदल बनाएको छ ।

साथै विभिन्न समयमा सद्भावनामा रहेका नेताहरुलाई समेत पार्टीमा र्फकन अपील गरिएको कार्यदललका सदस्य एवं पार्टी महासचिव मनिष सुमनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment