Comments Add Comment

रुकुममा पनि स्वाइनफ्लु आशंकित विरामी

४ वैशाख, रुकुम । रुकुमको चौखावाङ गाविस ५ हिलमा अज्ञात रोगका लक्षणहरु देखापरेपछि स्थानीय त्रसित भएका छन् ।

टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगाटा लाग्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता समस्याबाट स्थानीय पीडित छन् । गाउँमा करिब २२ जना यस्ता विरामीहरु रहेको गाविस सचिव गणेशकुमार शर्माले जानकारी दिए । विरामीहरुको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

स्वाइनफ्लुको आशंका, औषधि अभाव

जाजरकोटको छिमेकी जिल्ला रुकुममा स्वाइनफ्लु जस्तै लक्षण देखिएपछि स्थानीय त्रसित छन् । जाजरकोटमा फैलिएको स्वाइनफ्लु संक्रमणका कारण शुक्रबार अपरान्हसम्म २१ जनाले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य चौकी चौखावाङमा सिटामोल बाहेक अन्य औषधी छैन । औषधि नभएपछि विरामीको उपचारमा समस्या भएको छ । यद्यपी विरामी भएको थाहा पाउनेवित्तिकै जिल्ला स्वास्थ्य कार्यालयको टोली प्रभावित क्षेत्रमा पठाइएको छ । स्वास्थ्यकर्मीको टोलीले रोगबाट नआत्तिन र स्वास्थ्यमा ख्याल गर्न स्थानीलाई सुझाव दिएका छन् ।

रोग पत्ता लाग्न अझै केही समय लाग्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

– गणेश खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment