Comments Add Comment

ट्राफिक नियम उल्लङ्घन गर्ने १४० चालक कारबाहीमा

५ बैशाख, चितवन । चितवनमा ट्राफिक नियम उल्लङ्घन गर्ने १४० जना चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय चितवनले २४ घन्टामा विभिन्न क्षेत्रमा गरेको जाँचका क्रममा उनीहरुलाई पक्राउ गरी कारबाही गरेको हो ।
Trafic Police

  • फाइल तस्वीर

कारबाहीमा परेका १४० जनाबाट ७६ हजार रूपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ ।

सिट बेल्ट नलगाउने, हेलमेट नलगाई सवारी चलाउने, मोटरसाइकलमा तीन जना चढ्ने, जथाभावी पार्किङ गर्नेलगायतलाई कारबाही गरेको प्रहरीले जनाएको छ ।

जसमा चार जना मापसे गरेर सवारी चलाउने पनि रहेका छन् । चितवनका ट्राफिक प्रहरी प्रमुख रमेशराज भेटवालले आफ्नै नेतृत्वमा यहाँ दिनको दुई समय आफ्नै नेतृत्वमा जाँच गर्ने गरिएको बताए ।

अभियानकै रुपमा कारबाही प्रक्रिया अघि बढाएपछि करिब ३० प्रतिशत सवारी दुर्घटना कम गर्न सफल भएको प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए ।

ट्राफिक प्रहरीले अघिल्लो महिनामा मापसेविरुद्ध चलाएको अभियानका क्रममा करिब नौ लाख राजस्व सङ्कलन गर्न सफल भएको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment