Comments Add Comment

टाउको विकसित नभएका बालकको जन्म

balak

५ बैशाख, अछाम । अछाममा टाउको विकसित नभएका एक अनौठो बालकको जन्म भएको छ । बलाता गाविसको वडा नम्बर ४ बाष्कोटमा जन्मिएको बच्चाको स्वरुप बाँदरको जस्तो देखिएको छ भने टाउकाको गिद्धी बाहिर निस्किएको छ ।

बलाता स्वास्थ्य चौकिमा बिन्द्रा साउद र मानबहादुर साउदका पहिलो सन्तानका रुपमा जन्मिएको बच्चाको तौल दुई किलोको छ । ठूला ठूला आँखा गरेको बालकको हात ठूला छन् भने खुट्टा मोटा छन् । हातका औंला भने सामान्य नै रहेको स्वास्थ्य चौकी बलाताका इन्चार्ज बलबहादुर बुढाले बताए ।

आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । बच्चालाई हेर्न घुइँचो लागेको स्थानीय रमेश विकले बताए ।

रमेश रावतबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment