Comments Add Comment

काठमाडौंमै भित्रियो स्वाइन फ्लु ! वैदेशिक रोजगार व्यवसायी बटाजुको निधन

७ वैशाख, काठमाडौं । जाजरकोटमा महामारीको रुपमा फैलिएको स्वाइन फ्लुले काठमाडौंमा पनि विरामीको मृत्यु हुन थालेको छ । स्वाइन फ्लुका कारण आइतबार राति काठमाडौंमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बटाजुको निधन भएको छ ।
Som-Lal-Batajooस्वाइनफ्लुको संक्रमण भएपछि बटाजु दुईसाता अघि नै ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । धापासीस्थित चर्चित एसओएस म्यानपावरका सञ्चालकसमेत रहेका बटाजुको  अाइतबार राति १ बजेर २० मिनेट जाँदा निधन भएकाे ग्राण्डी अस्पताल स्राेतले अनलाइन खबरलार्इ बतायाे ।

बटाजुलाई उपचारका लागि भारत लैजान खोजिएको भए पनि स्वाइफ्लु संक्रमितलाई उताबाट चासो नदिएकाले लैजान नसकिएको पारिवारिक स्रोतले बतायो ।

स्रोतका अनुसार बटाजुका निजी सहयोगीलाई पनि स्वाइफ्लु संक्रमण भएको छ ।

जाजरकोटबासीहरु स्वाइनफ्लुको संक्रमणमा छटपटाइरहेका बेला अब प्रशस्तै अस्पताल र डाक्टरहरु रहेको राजधानीमै यसको जोखिम बढेको छ ।

निमाेनियामामाथि स्वाइन फ्लु

ग्राण्डी अस्पतालकाे अाइसीयुमा राखेर उपचार गरिएका बटाजुलार्इ डा. सुवास अाचार्य र डा. अर्जुन कार्कीले हेरेका थिए ।

अस्पताल स्रोत भन्छ- बटाजुको पनि रामनाथ ढकालको जस्तै केस हो, निमोनियामाथि स्वाइन फ्लुले आक्रमण गर्‍यो

अस्पताल स्राेतका अनुसार ६८ वर्षीय बटाजुलार्इ निमाेनिया भएपछि चैत २९ गते भर्ना गरिएकाे थियाे । उनलार्इ निमाेनिया भएकाे अवस्थामा स्वाइन फ्लुले अाक्रमण गरेकाे ग्राण्डी अस्पताल स्राेतले अनलाइनखबरलार्इ बतायाे ।

‘याे केस ठ्याक्कै एमाले नेता रामनाथ ढकालकाे जस्तै भयाे’, स्राेतले भन्याे, ‘निमाेनियामाथि स्वाइन फ्लुले अाक्रमण गर्याे ।’

यसअघि ग्राण्डी अस्पतालमै एमाले नेता रामनाथ ढकालको पनि स्वाइफ्लुका कारण निधन भएको थियो ।

ढकालभन्दा अघि काठमाडाैंकाे माेडेल अस्पतालमा क्षेत्रपाटी निवासी एक महिलाको स्वाइनफ्लुका कारण मृत्यु भएकाे थियाे ।

काे हुन् बटाजु ?

वैदेशिक रोजगार व्यवसायी संघमा वि.सं ०६४ देखि ०६६ सम्म प्रथम उपाध्यक्ष र २०६६ देखि ०६८ सम्म अध्यक्ष रहेका बटाजु लामो समयदेखि वैदेशिक रोजगार व्यवसायमा आवद्ध थिए । त्यसअघि वन अधिकृतको रुपमा निजामती सेवामा कार्यरत बटाजु जाइकाको वन संरक्षण समितिमा नेशनल को–अर्डिनेटर भर्इ काम गरेका थिए ।

उनी वैदेशिक रोजगार व्यवसायी संघको आगामी वैशाख २५ गते हुने भनिएको निर्वाचनको प्रमुख निर्वाचन अधिकृतसमेत ताेकिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment